कोरोना बीमा बापतको एक अर्ब रुपैयाँ दाबी भुक्तानी तत्काल हुने भएको छ । गत साता बसेको मन्त्रिपरिषदको बैठकले कोरोना बीमा दाबी भुक्तानी मध्येको एक अर्ब रुपैयाँ तत्काल निकासा गर्ने निर्णय गरेको हो ।कुल १२ अर्ब ६४ करोड रुपैयाँ बाँकी दाबी भुक्तानी मध्ये तत्काल एक अर्ब रुपैयाँ भुक्तानी दिनेगरी सरकारबाट सहमति आएको बीमा समितिका प्रवक्ता राजुरमण पौडेलले रातोपाटीलाई जानकारी दिए । यद्यपि, रकम निकासाको निर्णय भइसकेपनि कहिले पैसा पाइन्छ सो भने एकिन नभएको उनको भनाइ छ । नियामक बीमा समितिका अनुसार कोरोना बीम