काठमाडौं : सरकारले ३७ हजार एक जनालाई कोरोना बीमा बापतको रकम भुक्तानी गर्न बाँकी रहेको छ। महालेखा परीक्षकको कार्यालयले ५९ औं प्रतिवेदनमा सरकारलाई बीमावापतको ६ अर्ब १६ करोड तिर्नुपर्ने दायित्व थपिएको उल्लेख गरेको हो।
कोरोना भाइरसको संक्रमण तीव्र रूपमा फैलिरहेको समयमा बीमा समितिले २०७७ जेठदेखि कोरोना बीमा कार्यक्रम संचालन गरेको थियो।…