नेकपा प्रचण्ड–नेपाल समूहका युवा नेता हिमाल शर्माले काठमाडौं जिल्लाको सचिव पदमा बस्न अस्वीकार गरेका छन् ।
नेकपा प्रचण्ड–नेपाल पक्षले ६८ जिल्लामा अध्यक्ष र सचिवको टुंगो लगाउँदा शर्मालाई सचिवमा राखिएको छ ।
काठमाडौं जिल्लामा पूर्व एमालेको तर्फबाट बसन्त मानन्धर अध्यक्ष बनेका छन् भने साविक नेकपाका सचिव रहेका शर्मालाई सचिव नै राखिएको छ ।
शर्माले सामाजिक सञ्जाल फेसबूकमा लेख्दै भनेका छन्, ‘मेरो लागि बधाई भन्ने कुरो नै के छ र ? केन्द्रको औपचारिक परिपत्रसम्म त धैर्य गरौं । बसन्त मानन्धरप्रति मेरो सम्म...