नेपाल उद्योग वाणिज्य महासंघले आगामी आर्थिक वर्षको बजेटको आकार नबढाउन सुझाव दिएको छ । महासंघले बुधबार राजधानीमा आयोजना गरेको पूर्वबजेट छलफल कार्यक्रममा अर्थमन्त्री वर्षमान पुनलाई बजेटको आकार बढाउँदा राजस्व र आन्तरिक ऋण बढाउनुपर्ने चाप सरकारमा पर्ने जनाएको हो ।