धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि आकार घटाएर बजेट ल्याउने गृहकार्य अघि बढाएको छ।प्रदेश सरकारले आन्तरिक आम्दानीका स्रोतहरु वृद्धि गर्न नसकेका कारण बजेटको आकार चालू आर्थिक वर्षको तुलनामा सानो हुने देखिएको हो।प्रदेश सरकारको ठूलोे बजेट खर्च हुँदै आएको कृषि क्षेत्रलाई करमा ल्याउन नसकिएकाले बजेटको आकार पनि बढाउन नसकिएको सुदूरपश्चिम सरकारको दाबी छ। सुदूरपश्चिम सरकारले चालू आर्थिक वर्षमा ३० अर्ब ३३ करोड ९४ लाखको बजेट कार्यन्वयन गरिरहेको छ।आगामी आर्थिक वर्षमा सुदूरपश्चिम सरकारको