काठमाडौं । ट्विटरका सीईओ एलोन मस्कले माइक्रोसफ्टलाई कानुनी कारबाही गर्ने धम्की दिएका छन् । मस्कले माइक्रोसफ्ट कम्पनीले ट्विटरको डाटा अवैध रूपमा प्रयोग गरेको आरोप पनि लगाएका छन् ।
किन मस्कले माइक्रोसफ्टलाई धम्की दिए?
ट्विटरले लगभग दुई महिना अघि एउटा घोषणा गरेको थियो । यसको Application प्रोग्रामिंग इन्टरफेस (एपीआई) प्रयोगकर्ताहरूले प्रति महिना कम्तिमा $ ४२,००० तिर्नुपर्नेछ। यसपछि माइक्रोसफ्टले आफ्नो प्रोग्रामिङको लागि एपीआई शुल्क तिर्न अस्वीकार गर्यो। यसपछि माइक्रोसफ्टले पनि आफ्नो विज्ञापन प्लेटफर्मबाट ट्वीटर हटाउने निर्णय गरेको थियो । माइक्रोसफ्टले ट्विटरलाई आफ्नो विज्ञापन प्लेटफर्मबाट हटाएइ सकेको छ । भने माइक्रोसफ्टले अप्रिल २५ देखि प्रयोगकर्ताले ट्वीट र ड्राफ्ट जस्ता काम गर्न नपाउने बताएको थियो ।
मस्कले माइक्रोसफ्टले आफ्नो कृत्रिम बुद्धिमत्ता (AI) मोडेल च्याटजीपीटी (Chat GPT) लाई तालिम दिन ट्विटरको डाटा अवैध रूपमा प्रयोग गरेको आरोप लगाएका थिए । उनले सन् २०१८ मा कम्पनीसँग अलग्गिए । माइक्रोसफ्ट ओपन एआईमा सबैभन्दा ठूलो लगानीकर्ता थियो। ओपनएआई मस्कद्वारा सह-स्थापित एआई अनुसन्धान प्रयोगशाला हो। यही विषयलाई लिएर मक्सले मुद्दा हाल्ने धम्की दिंदै आएका छन् । मस्कको आरोप र धम्की पछि माइक्रोसफ्टबाट कुनै प्रतिक्रिया भने आएको छैन।
मस्कले धेरै सार्वजनिक वक्तव्यमा ओपनएआईको आलोचना गर्दै आएका छन् । सोही क्रममा फक्स न्यूजसँगको अन्तर्वार्तामा मस्कले ओपनएआईको चर्को आलोचना गरे । यसले एआईलाई झूट बोल्न प्रशिक्षण दिएको आरोप समेत लगाए। उनले ओपनएआई अहिले नाफाका लागि मात्र 'क्लोज्ड सोर्स’ प्लेटफर्म बनेको बताएका थिए ।
मस्कले माइक्रोसफ्टको एआईलाई झूट बोल्न आर्टिफिसियल इन्टेलिजेन्स प्लेटफर्म भन्दै आँफूले TruthGPT ल्याउने बताएका छन् । हालै, मस्कले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्लेटफर्म 'TruthGPT' लन्च गर्ने घोषणा गरेका छन्। यसमार्फत मस्कले ओपनएआईको च्याटजीपीटी र गुगलको बार्डसँग प्रतिस्पर्धा गर्नेछन् । साथै, मस्कले गुगलका सह-संस्थापक ल्यारी पेजलाई समेत एआईको सुरक्षालाई गम्भीरतापूर्वक नलिने गरेको आरोप लगाउँदै आएका छन्।
एक अन्तर्वार्तामा एलोन मस्कले भने, 'म TruthGPT वा Maximum Truth Searching AI भन्ने कुरा शुरू गर्न जाँदैछु। यसले ब्रह्माण्डको प्रकृति बुझ्ने प्रयास गर्नेछ। TruthGPT ले मानिसलाई कुनै खतरा छैन । उनले थपे TruthGPT ले गुगल र ओपनएआई प्लेटफर्महरू बाहेक को अर्को नयाँ विकल्प प्रदान गर्नेछ।'
मस्कले आफ्नो प्लेटफर्मलाई सुरक्षित भने तर उनी एआईमा सभ्यतालाई नष्ट गर्ने क्षमता रहेको पनि विश्वास गर्छन्। 'एआई कुनै पनि खराब विमान डिजाइन र खराब कार उत्पादन भन्दा खतरनाक छ। साथै, एआईसँग सभ्यता विनाश गर्ने क्षमता पनि छ,' उनले भनेका छन्। एजेन्सीको सहयोगमा ।