इजरायली समूहले विन्डोज ह्याक गर्ने प्रविधि विक्री गर्यो: माइक्रोसफ्ट

एजेन्सी। एक इजरायली समूहले माइक्रोसफ्ट विन्डोज ह्याक गर्ने प्रविधि विक्री गरेको माइक्रोसफ्ट तथा मानव अधिकारवादी समूह सिटीजन्स ल्याबले बताएका छन्। क्यान्डिरु नामको समूहले भेन्दुर नामको ह्याकिङ प्रविधि बनाएर बेचेको आरोप माइक्रोसफ्ट र सिटीजन्सले लगाएको छ। कम्पनीले क्यान्डिरुसँग सम्पर्क गर्ने प्रयास गर्दा असफल भएको बताएको छ। मंगलबार मात्रै माइक्रोसफ्टले विन्डोज ह्याक हुने खतरा बढेकाले नयाँ अपडेट गर्न आग्रह गरेको छ।