सोलुखुम्बु – सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर १ नेलेका अग्नि पीडित परिवारलाई ५८ लाख रुपैयाँ भन्दा धरै सहयोग प्राप्त भएको छ ।
अग्नि पीडित सहयोग समिति मार्फत विभिन्न व्यक्तिहरुबाट संकलन भएको ५८ लाख १० हजार ३ सय १५ रुपैयाँ रकम एक कार्यक्रमकाबीच पीडित परिवारलाई हस्तान्तरण गरेको वडाध्यक्ष एवं सहयोग संकलन समितिका अध्यक्ष घनराज सुनुवारले जानकारी दिनुभयो ।
पीडितहरुले क्षतिको आधारमा एउटा घर परिवारले बढीमा १२ लाख ८७ हजार आठ सय देखि कम्तीमा १३ हजार आठ सय रुपैयाँसम्म पाएका छन् । गएको पुस ५ ...