कञ्चनपुर : कञ्चनपुरको पुनर्वास नगरपालिका–११ डोकेबजारबाट सशस्त्र प्रहरी बलले सोमबारदेखि नेपाल–भारत सीमा स्तम्भ मर्मत तथा रङ्गरोगन कार्य सुरु गरेको छ।सशस्त्र प्रहरी बल नं ३५ गण शैलेश्वरी कञ्चनपुरमा पर्ने सीमा स्तम्भ मर्मतको डोकेबजारस्थित मुख्य सीमा स्तम्भ नं ७५३ बाट सुरु गरिएको हो।पुनर्वास नगरपालिकाका नगरप्रमुख तोयानाथ शर्मा, कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारी, सशस्त्र प्रहरी बल नं ७ बैजनाथ वाहिनीका वाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेले संयुक