मुगुको सरकारी टोली चीनसँगको सीमा स्तम्भ निरीक्षणमा

मुगु- मुगुबाट चीनसँगको सीमा स्तम्भ निरीक्षणका लागि टोली खटिएको छ । मुगु–तिब्बत सीमा स्तम्भ निरीक्षणका लागि मुगुका सहायक प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद कोइरालाको नेतृत्वको १६ सदस्यीय टोली गत बुधबारबाट निरीक्षणमा रहेको छ । सहायक प्रमुख जिल्ला अधिकारी कोइरालाको नेतृत्वमा सशस्त्र प्रहरी निरीक्षक जगत रावलसहितको टोली गत बुधबारदेखि मुगु–तिब्बत सीमा स्तम्भमा रहेको १३ नम्बर पिलर […]

सम्बन्धित सामग्री

सीमा सुरक्षा बलले गर्‍यो सीमा स्तम्भ अनुगमन

सिमकोट – सीमा सुरक्षा बलले चीनसँगको सीमा क्षेत्रमा रहेका सीमा स्तम्भको अनुगमन गरेको छ। हिल्सास्थित सशस्त्र प्रहरीको सीमा सुरक्षा बल (बीओपी)ले नेपाल–चीन सीमाना टाकुलेस्थित ११ नम्बर सीमा स्तम्भको अनुगमन गरेको हो। उच्च क्षेत्रमा रहेको उक्त सीमा स्तम्भ आसपासको हिउँ पग्लेपछि बीओपीको टोली पुगेको सशस्त्र प्रहरी ४४ नम्बर गुल्मका सशस्त्र प्रहरी नायब उपरीक्षक शंकरसिंह धामीले बताए। […]

चीनसँगको सीमा समस्याबारे अध्ययन गर्न हुम्ला पुगेको टोली फर्कियो

काठमाडौं, १ असोज । चीनसँगको सीमा समस्याबारे अध्ययन गर्न गठित टोली हुम्लाबाट फर्किएको छ । टोलीले समस्या उठेका विभिन्न क्षेत्रमा सीमा स्तम्भ र क्षेत्रको अध्ययन अवलोकन गरेर फर्किएको छ । मौसम प्रतिकूलताका कारण उचाईमा रहेको ३, ४ र ११ नम्बरको पिलरमा नपुगी फर्किएको हो । टोली आजै हिल्सा पुगेको थियो । त्यहाँबाट हेलिकप्टरबाट बाँकी पिलरको […]

सीमा सुरक्षार्थ तिंकरमा खटियो प्रहरी

दार्चुला । दार्चुलाको व्यास गाउँपालिका–१ को उत्तरी नाका तिंकरमा नेपाल प्रहरीको टोली खटिएको छ । गत मङ्सिरयता तिंकरको छायालेकबाट तल झरेको प्रहरीलाई हेलिकोप्टरमार्फत तिंकर पठाइएको हो । नेपालतिर भएर तिंकर पुग्न सकिने अवस्था नरहेपछि हेलिकोप्टरमार्फत प्रहरी र खाद्य सामग्रीसहित तिंकर पठाइएको हो । तिंकरको छायालेकमा प्रहरी सई हर्क महताको नेतृत्वमा १३ जनाको टोली खटाइएको जिल्ला प्रहरी प्रमुख डीएसपी मनोहरप्रसाद भट्टले जानकारी दिए । नेपालको भूमि भएर तिंकर पुग्न पाँच दिन लाग्ने भएपछि सरकारले हेलिकोप्टरमार्फत सुरक्षाकर्मी पठाइएको हो । हेलिकोप्टरमार्फत सुरक्षाकर्मी तिंकर पठाउन जिल्ला सुरक्षा समितिले गृह मन्त्रालयलाई आग्रह गरेको थियो । पैदल जान निकै कठिनाइ छ । खाद्यान्न, हातहतियार र बन्दोबस्तीको सामान लिएर जान सकिने अवस्था नभएपछि हेलिकोप्टरमार्फत पठाइएको डीएसपी भट्टले बताए । मङ्सिरमा छाङरु झरेको नेपाल प्रहरीको टोली माथि उक्लिन सकेको थिएन । स्थानीयवासी भने गत वैशाखमा तिंकर पुगेका थिए । ‘तर प्रहरीको रासन, हातहतियार र जनशक्ति पठाउन सम्भव थिएन,’ डीएसपी भट्टले भने । हेलिकोप्टरमार्फत प्रहरीका लागि ६ महीना पुग्ने खाद्यान्न, बन्दोबस्तीका सामान पठाइएको छ । ३ हजार ८०० मिटर उचाइमा रहेको छायालेक प्रहरी अब मङ्सिरमा मात्रै छाङरु झर्ने बताइएको छ । छायालेकबाट चार घण्टाको पैदल बाटोमा नेपाल चीन सीमा स्तम्भ पिलर नम्बर १ रहेको छ । छायालेक प्रहरीले तिंकर गाउँका साथै चीनसँगको सीमा क्षेत्रसम्मको जिम्मेवारी पाएको छ । रासस

नयाँ नक्सासँगै नेपालले चीनसँगको सीमा सन्धि सच्याउनुपर्छ कि पर्दैन?

नेपालको नयाँ नक्सा अनुसार चीनसँगको सीमा सन्धिलाई पूर्णता दिइनुपर्ने र विगतमा एक नम्बरको सीमा स्तम्भ निर्धारण गर्दा भएको त्रुटिलाई सच्याइनुपर्ने एक जना अवकाशप्राप्त उच्च सैनिक अधिकारीले बीबीसीलाई बताएका छन्।