नेपाल-चीनको सीमा स्तम्भ नम्बर ३ मा पहिलो पटक नेपाली सुरक्षा गस्ती

हुम्लाको नाम्खा गाउँपालिका–५ को चिमला भञ्ज्याङमा रहेको नेपाल र चीनको सीमा स्तम्भ नम्बर ३ मा पहिलो पटक नेपाली सुरक्षा गस्ती पुगेको छ । सशस्त्र प्रहरी बल ४४ नम्बर गुल्मका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक गेहेन्द्र भण्डारी नेतृत्वको टोली उक्त सीमा स्तम्भमा पुग्न सफल भएको हो । स्थापना भएदेखि जिल्लाबाट हालसम्म सरकारी स्तरमा उक्त सीमा स्तम्भको अनुगमन भएको थिएन । डीएसपी भण्डारीको नेतृत्वमा ११ जना सशस्त्र प्रहरीका सुरक्षाकर्मी सीमा स्तम्भ अनुगमन गरी फर्किएको छ । नेपाल र चीनबीचको ३ नम्बर सीमा स्तम्भ सुरक्षित रूपमा रहेको उनले बताए । गाडी...

सम्बन्धित सामग्री

नेपाली सुरक्षा टिमद्वारा नेपाल–भारत सीमा स्तम्भको निरीक्षण

पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारीसहितको जिल्लास्थित तीनवटै सुरक्षा निकायका टोलीले नेपाल–भारत सीमाका सीमा स्तम्भको संयुक्त रुपमा निरीक्षण गरेको छ । नवलपरासीसँग जोडिएको नेपाल–भारत अन्तर्राष्ट्रिय सिमानामा रहेका सीमा स्तम्भ, सीमाको अवस्था लागायतका विषयमा नवलपरासीका जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक ऋषिराम कंडेल, शसस्त्र प्रहरी वल २६ नम्बर वाहिनीका प्रमुख शसस्त्र प्रहरी उपरीक्षक रुपकुमार क्षेत्री, नेपाली सेना गोरखदल गणका प्रमुख प्रमुख सेनानी ज्ञानकाजी श्रेष्ठ, अनुसन्धान प्रमुखसहितको टोलीले निरीक्षण गरेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताउनुभयो ।

तीन नम्बर सीमा स्तम्भमा पुग्यो सुरक्षा गस्ती

नाम्खा गाउँपालिका–५ को चिमला भञ्ज्याङमा रहेको नेपाल र चीनको सीमा स्तम्भ नम्बर ३ मा पहिलो पटक नेपाली सुरक्षा गस्ती पुगेको छ । सशस्त्र प्रहरी बल ४४ नम्बर गुल्मका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक गेहेन्द्र भण्डारी नेतृत्वको टोली उक्त सीमा स्तम्भमा पुग्न सफल भएको हो ।स्थापना भएदेखि जिल्लाबाट हालसम्म सरकारी स्तरमा उक्त सीमा स्तम्भको अनुगमन भएको थिएन । डीएसपी भण्डारीको नेतृत्वमा ११ जना सशस्त्र प्रहरीका सुरक्षाकर्मी सीमा स्तम्भ अनुगमन गरी फर्किएको छ । नेपाल र चीनबीचको ३ नम्बर सीमा स्तम्भ सुरक्