ठेकेदारले चरम लापरबाही गरेपछि  ‘ठेकेदार पीडित नगर’ घोषणा

खाेटाङ – खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई ठेकेदार पीडित नगर घोषणा गरिएको छ । नगरभित्र ठेक्कामा काम भइरहेका धेरैजसो योजनाको काममा ठेकेदारले चरम ढिलासुस्ती गरेपछि ठेकेदार पीडित नगर घोषणा गरिएको हो । नगरपालिकाका मेयर तीर्थराज भट्टराईले आयोजनाको काममा आलटाल गर्ने, ढिलासुस्ती गर्ने र सम्पर्कविहीन बनेर राज्यलाई ठगी गर्ने केही निर्माण व्यवसायीका कारण नगरपालिकालाई केही गैर–जिम्मेवार निर्माण व्यवसायी पीडित नगर घोषणा गर्नुभएको हो । नगरपालिकाभित्र विभिन्न समयमा ठेक्का लागेको सडक, पुल, खेलमैदा...

सम्बन्धित सामग्री

राष्ट्रियसभा बैठकमा शून्य समयमा बोल्दै सांसदहरू

राष्ट्रियसभा सदस्य उदयबहादुर बोहोराले तुलसीपुर–कपुरकोट सडकखण्ड निर्माणमा लापरबाही भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।बिहीबारको राष्ट्रियसभा बैठकमा शून्य समयमा बोल्दै राष्ट्रिय सभा सदस्य बोहोराले तुलसीपुरदेखि कपुरकोटसम्मको सडकखण्ड निर्माणमा सडक डिभिजन कार्यालय दाङ र ठेकेदारले लापरबाही गरेको बताए । उनले सो सडकखण्डमा मिलेमतो गरी भ्रष्टाचार भएको भन्दै सरकारको ध्यानाकर्षण गराए । उनले भने, ‘राप्ती राजमार्ग अस्तव्यस्त […]

राष्ट्रियसभा बैठक : अघोषितरुपमा लोडसेडिङ भएको भन्दै सांसदको असन्तुष्टि

राष्ट्रियसभा सदस्य उदयबहादुर बोहोराले तुलसीपुर–कपुरकोट सडकखण्ड निर्माणमा लापरबाही भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । बिहीवारको राष्ट्रियसभा बैठकको शुन्य समयमा बोल्दै बोहोराले तुलसीपुरदेखि कपुरकोटसम्मको सडकखण्ड निर्माणमा सडक डिभिजन कार्यालय दाङ र ठेकेदारले लापरबाही गरेको बताए । उनले सो सडकखण्डमा मिलेमतो गरी भ्रष्टाचार भएको भन्दै सरकारको ध्यानाकर्षण गराए ।  राष्ट्रियसभा सदस्य उर्मिला अर्यालले मधेशमा सिंचाई र मलको अभावका कारण खेतियोग्य जमिन बाँझो रहेको बताइन् । उनले यसको समाधानक

सडक निर्माणमा ठेकेदारकाे चरम लापरबाही,कांग्रेस दाङद्वारा कारबाहीको माग

काठमाडौ । घोराही–तुलसीपुर चारलेन सडक निर्माणमा ठेकेदारले चरम लापरबाही गरेको भन्दै नेपाली कांग्रेस दाङले कारबाहीको माग गरेको छ । नेपाली कांग्रेस दाङले प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीलाई ज्ञापनपत्र बुझाउँदै सडक निर्माणमा भएको ढिलासुस्तीका कारण २२ मृत्यु भई सकेको भन्दै लापरबाही गर्ने ठेकेदारलाई कारवाही गर्दै सडक निर्माणको कार्यलाई अघि बढाउन आग्रह गरेको हो । विकास निमार्णमा […]

चाँगुनारायणको गौरबको योजनामा ठेकेदारको लापरबाही

वडाध्यक्ष त्यातले मात्र नभई नगरपालिकाका इञ्जिनियर पुरुषोत्तम शर्माले पनि ठेकेदारले बद्मासी र लापरबाही गरेको भेटिएको बताउँदै लापरबाहीपूर्ण रुपमा भएको काम तत्काल रोक्न लगाएको बताए।

चाँगुनारायणको गौरबको योजनामा ठेकेदारको लापरबाही

वडाध्यक्ष त्यातले मात्र नभई नगरपालिकाका इञ्जिनियर पुरुषोत्तम शर्माले पनि ठेकेदारले बद्मासी र लापरबाही गरेको भेटिएको बताउँदै लापरबाहीपूर्ण रुपमा भएको काम तत्काल रोक्न लगाएको बताए।...

कैलालीमा ठेकेदारले कमसल सडक बनाएको भन्दै स्थानीय विरोधमा उत्रिए

बिराज रोस्याराकैलाली । कैलालीको सहजपुर–अलाड सडक निर्माणमा चरम लापरबाही भएको छ । सडक निर्माणमा मापदण्ड बिपरित गुणस्तरहीन सामग्री प्रयोग भएको पाइएको छ भने ठेकेदार कम्पनिको ढिलासुस्तीले सर्वसाधरणले हैरानी खेप्नु परेको छ । निर्माण कम्पनीको ढिलासुस्ती र स्थानीय सरकारले बेवास्ता गरेका कारण निर्माणाधीन सडक मापदण्ड बिपरित र गुणस्तरहीन भएको भन्दै स्थानीयले विरोध गरेका छन् । निर्माणाधीन […]

सर्वोत्तम स्टीलमा विस्फोट प्रकरण : भवितव्य कि सुरक्षामा लापरबाही ?

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–२८ मनियारीस्थित सर्वोत्तम स्टीलमा पाँच जना कामदारको ज्यान जाने गरी भएको भट्टी विस्फोटको घटनालाई भवितव्य भन्दै प्रहरीले थप अनुसन्धान अघि बढाएको छैन । गत भदौ १० गते उद्योगको कवाडी पगाल्ने भट्टीमा विस्फोट हुँदा त्यहाँका १५ कामदार घाइते भएकामा तीमध्ये पाँच जनाको उपचारको क्रममा मृत्यु भएको थियो । ज्यान गुमाउने सबै भारतीय नागरिक भएको र कामदार आपूर्ति गर्ने ठेकेदारले नै क्षतिपूर्तिको प्रक्रिया अघि बढाएको भन्दै प्रहरीले अनुसन्धान अघि नबढाएको हो । प्रहरीले घटनालगत्तै घटनास्थलको मुचुल्का उठाएको थियो । त्यसक्रममा उद्योगले व्यवसायजन्य सुरक्षा र स्वास्थ्यमा  लापरबाही गरेको भेटिएको थियो । उद्योगमा व्यवसायजन्य सुरक्षा मापदण्डको पालनामा  लापरबाही देखिएको प्रहरीले बताएको छ । तर, कतैबाट उजुरी नआएको भन्दै प्रहरीले थप अनुसन्धान अगाडि बढाएको छैन । घटनास्थलको स्थलगत निरीक्षण गर्दा व्यवसायजन्य सुरक्षा पालना नगरेको देखिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले बताए । उद्योगमा भट्टी परीक्षणका क्रममा विस्फोट भएको प्रहरीको बुझाइ छ । ‘परीक्षण गर्दा घटना भएको देखिन्छ । सुरक्षा मापदण्डअनुसार त्यो भट्टी क्षेत्रमा कामदार राख्न मिल्दैनथ्यो । यसमा गल्ती देखिन्छ,’ पाण्डेले आर्थिक अभियानसित भने । ठेकेदारले कामदार आपूर्ति गरेको र त्यसको सम्पूर्ण जिम्मेवारी ठेकेदारले स्वीकार गरेको सम्झौता उद्योग व्यवस्थापनले पेश गरेको प्रहरी उपरीक्षक पाण्डेले जानकारी दिए । तर, श्रम ऐन २०७४ को दफा ६८ ले व्यवसायजन्य सुरक्षा र स्वास्थ्यसम्बन्धी दायित्व रोजगारदाताको हुने व्यवस्था गरेको छ । दफा १६४ (२) मा जानीजानी वा  लापरबाही गरी प्रावधान उल्लंघन गरेका कारण कसैको ज्यान गएमा वा अंगभंग भएमा प्रचलित कानूनमा कुनै सजाय भएमा सोहीबमोजिम र नभएमा २ वर्षसम्म कैद र उचित क्षतिपूर्ति तिराउने प्रावधान छ । घटनालगत्तै मुचुल्का उठाउन गएको प्रहरीले कवाडी फलाम गलाउने उद्योगको भट्टीमा ग्यास सिलिन्डर हालिएको र सोही सिलिन्डर पड्किएर घटना भएको फेला पारेको थियो । उद्योग परिसरमा ग्यासका पुराना सिलिन्डर यत्रतत्र छरिएको र त्यस्ता सिलिण्डर सोझै भट्टीमा हाल्ने गरेको पाइएको एक प्रहरी अधिकृतले बताए । घटनालाई सामसुम बनाउन राजनीतिक दबाब आएको पनि ती अधिकृतले खुलासा गरे । उद्योगमा कुनै प्रकारको दुर्घटना भए तत्कालै श्रम तथा रोजगार कार्यालयलाई जानकारी दिनुपर्नेमा उद्योगले यसमा पनि  लापरबाही गरेको भेटिएको छ । उद्योगले अहिलेसम्म यस्तो जानकारी नदिएको कार्यालय प्रमुख जितेन्द्र शर्माले बताए । ‘दुर्घटनालगत्तै जानकारी दिनुपर्ने भए पनि उद्योगले घटनाबारे अनौपचारिक जानकारी दिएको छैन,’ शर्माले भने । बारा–पर्साका औद्योगिक प्रतिष्ठानमा व्यवसायजन्य सुरक्षाको कार्यान्वयन कमजोर रहेको उनले बताए । ‘अधिकांश उद्योगले सुरक्षाका उपाय अपनाएका छैनन् । स्टील उद्योगमा यसको कार्यान्वयन अझ दयनीय छ,’ शर्माको भनाइ छ । उद्योगका सञ्चालक राजेश अग्रवालसित बुझ्न खोज्दा यसबारेमा कुरा गर्न चाहेनन् । ‘म अहिले बाहिर छु । यसबारेमा पछि कुरा गराैंला,’ अग्रवालले भने । अहिले घटनाबारे थप प्रक्रिया अघि नबढाइए पनि २ वर्षभित्र कुनै पनि प्रकारको नयाँ तथ्य फेला परेमा कारबाही अघि बढ्ने प्रहरी उपरीक्षक पाण्डेले बताए । पर्साका प्रमुख जिल्ला अधिकारी पीताम्बर घिमरे यो घटनालाई भवितव्य औद्योगिक दुर्घटना मान्छन् । मृतक सबै भारतीय रहेको, उनीहरूको मृत्यु र अन्त्येष्टिसमेत भारतमै भइसकेकाले थप प्रक्रिया अघि नबढेको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए । विष्फोटमा १५ जना घाइते भएकामा १४ जना भारतीय थिए । गम्भीर घाइते ६ जनालाई उपचारका लागि भन्दै भारतको पटना पुर्‍याइएकोमा पाँच जनाको उपचारको क्रममा मृत्यु भएको थियो । मृत्युको १ सातापछि मात्रै उद्योग व्यवस्थापनले प्रहरीलाई यसबारेमा जानकारी दिएको थियो ।

पुल निर्माणमा ठेकेदारको लापरबाही : माटैसहित घोलेर ढलान

ओखलढुंगा : ओखलढुंगाको सिद्धिचरण नगरपालिका-४ र चिशंखुगढी-८ जोड्ने मोटरेबल पक्की पुल निर्माणमा गुणस्तरहीन सामग्री प्रयोग भएको पाइएको छ।ठेकेदारले ठेक्का सम्झौता गरेको एक वर्षसम्म पुल निर्माणका काम नै नथालेपछि पटक पटक ताकेता गरेर काम सुरु भएको छ। निषेधाज्ञाका बीच भइरहेको निर्माणमा अनुगमन गर्ने निकायको ध्यान नपुग्दा ठेकेदारले लापरबाही गरेको स्थानीयको भनाइ छ। वैशाखमै म्याद सकिएको पुलको जग हाल्ने काम भइरहेको भए पनि लापरबाही भएको र बालुवामा बराबरी माटो र गिटीसमेत नपखाली मोटैसहित

गुणस्तरहीन घेरा पर्खाल नगरप्रमुख र सिडियोले लात हानेर भत्काए

सिन्धुली : जिल्ला कारागार कार्यालय सिन्धुलीको घेरा पर्खाल निर्माणमा ठेकेदारले लापरबाही गरेको भेटिएको छ। कारागार वरिपरी निर्माण भइरहेको घेरा पर्खालको अनुगमनका क्रममा ठेकेदारले लापरबाही गरी गुणस्तरहीन काम गरेको पाइएको छ।मंगलबार कमलामाई नगरपालिकाका नगरप्रमुख र प्रमुख जिल्ला अधिकारीले निर्माण गरिएको पर्खाल भत्काइ दिएका छन्। आठ करोड ८८ लाख रुपैयाँको लागतमा निर्माणाधिन भवनको घेरा पर्खाल नगरप्रमुख खड्गबहादुर खत्री र सिडियो सुरेश न्यौपानेले लात हानेर भत्काएका हुन्।स्थानीयले डाँफे–धुलीखेल संजीव एण्