कैलालीमा ठेकेदारले कमसल सडक बनाएको भन्दै स्थानीय विरोधमा उत्रिए

बिराज रोस्याराकैलाली । कैलालीको सहजपुर–अलाड सडक निर्माणमा चरम लापरबाही भएको छ । सडक निर्माणमा मापदण्ड बिपरित गुणस्तरहीन सामग्री प्रयोग भएको पाइएको छ भने ठेकेदार कम्पनिको ढिलासुस्तीले सर्वसाधरणले हैरानी खेप्नु परेको छ । निर्माण कम्पनीको ढिलासुस्ती र स्थानीय सरकारले बेवास्ता गरेका कारण निर्माणाधीन सडक मापदण्ड बिपरित र गुणस्तरहीन भएको भन्दै स्थानीयले विरोध गरेका छन् । निर्माणाधीन […]

सम्बन्धित सामग्री

चुकेनी जलविद्युत निर्माणमा ढिलाइ

जुम्लाको पातारासी गाउँपालिका १ मा निर्माणधिन चुकेनी जलविद्युत आयोजना निर्माण सम्झौता समय सकिँदा पनि सम्पन्न भएको छैन । ठेकेदारको लापरवाहीले सम्झौता मिति सकिँदा पनि निर्माण सम्पन्न भएको छैन । ठेकेदारले कमसल सामग्री प्रयोग गर्दा विद्युत आयोजनाको क्यानल चर्किएको छ । विद्युत नै बलेको छैन । आयोजना पूर्णरुपमा सम्पन्न भएको छैन । तर निर्माण भएका संरचनाहरु […]

गुणस्तरीय नभएको भन्दै स्थानीयले रोके कालोपत्रको काम

गुल्मी । सडक कालोपत्र गुणस्तरीय नभएको भन्दै स्थानीयले काम रोकेका छन् । गुल्मीको सदरमुकाम तम्घासबाट रेसुंगा जाने सडक कालोपत्र गर्ने क्रममा कम गुणस्तरको भएको दाबी गर्दै स्थानीयले काम रोकेका हुन् । तम्घास–रेसुंगा सडकमा दुवैतर्फबाट आवतजावत पूर्णरूपमा बन्द गरी निर्माण व्यवसायीले कालोपत्र गरिरहेका थिए । तर स्थानीयले भने सम्झौताअनुसार काम नगरेको भन्दै रोक लगाइएको स्थानीय प्रकाश भलामीले बताए । ‘मापदण्डअनुसार काम भएको छैन,’ उनले भने, ‘कालोपत्र उप्किएर गिट्टी माटो देखिन्छ ।’ आफूहरू निर्माणस्थलमै पुगेर काम रोकेको र गुणस्तरीय काम गर्ने सम्झौता भएपछि मात्रै काम शुरू गर्न दिने उनले बताए । स्थानीय नीरज मरासिनीले ठेकेदारले दुवैतर्फको आवतजावत ठप्प गरी काम गर्नु स्वार्थपूर्ण भएको दाबी गरे । ‘एकतर्फी खुला राख्दै पालैपालो सडक निर्माण गर्नुपर्ने हो, तर कमसल सडक निर्माण गर्ने नियतले दुवैतर्फ सडक बन्द गरेको देखिन्छ,’ उनले भने, ‘सम्झौताअनुसार गुणस्तरीय काम हुने सुनिश्चित भएपछि मात्रै काम शुरू हुन्छ ।’ तम्घास–रेसुंगा नामाकरण भई २०७४ असार ३० गते सडक पूर्वाधार विकास कार्यालय गुल्मी र आशीष शेर्पा रामेछाप जेभीअन्तर्गत रामेछाप शेर्पा कन्स्ट्रक्सन प्रालिबीच निर्माणको सम्झौता भएको थियो । सडक पूर्वाधार विकास कार्यालय तम्घासका प्रमुख इन्जिनीयर सचितानन्द चौधरीका अनुसार आयोजनाको अवधि पछिल्लो पटक म्याद थप गरी आगामी जेठमा पुर्‍याइएको छ भने यसका लागि कुल रू. १७ करोड १८ लाखमा सम्झौता भएको छ । कालोपत्र गुणस्तरीय भए वा नभएको विषयमा आफूहरूले अनुगमन गर्ने उनको भनाइ छ । ‘विवादले काम रोकिएका कारण अब सर्वपक्षीय छलफल हुन्छ,’ उनले भने, ‘सम्झौताअनुसारको काम हुन्छ, लामो समयसम्म काम रोकिन्न ।’ निर्माण व्यवसायी वीरेन्द्र भुसालले भने आफूहरूले सम्झौता अनुसार नै काम गरिरहेको दाबी गरे । निर्माण कम्पनीले ८० प्रतिशत काम सम्पन्न गरेको र रू. १३ करोड ५२ लाख भुक्तानी भइसकेको जानकारी उनले दिए । रासस

पिच गरेको भोलिपल्टै सडक उप्किन थालेपछि...

सडक पिच गरेको २४ घन्टा नबित्दै धमाधम पिच उप्कन थालेपछि बर्दिबासस्थित खयरमाराका स्थानीय आन्दोलित भएका छन् । टेन्डर प्रक्रियाबाट युनिभर्सल कन्स्ट्रक्सनले ठेक्का पाएको लक्ष्मीनारायण माध्यामिक विध्यालयदेखि पोखरीसम्मको पिच उप्कन थालेको हो । पिच गर्नेक्रममा ठेकेदारले कमसल र गुण्स्तरहीन काम गरेको स्थानीयले आरोप लगाएका छन् । बढी नाफा लिने उद्देश्यले ठेकेदार कम्पनीले बेइमान गरेको स्थानीयको भनाइ छ ।उच्च माध्यामिक विध्यालयदेखि पोखरीसम्म झन्डै ११ सय मिटर पिच सडक टेन्डरमार्फत युनिभर्सल कन्स्ट्रक्सनले करिब एक

मुसैली पोखरी निर्माणमा कमसल सामग्री प्रयोग

सर्लाहीको मलंगवामा रहेको मुसैली पोखरी निर्माणमा कमसल सामग्री प्रयोग भएको पाइएको छ ।प्रदेश २ सरकारद्वारा सञ्चालित उक्त योजनामा गुणस्तरहीन निर्माण सामग्री प्रयोग गरेको स्थानीयबासीको भनाइ छ । मलंगवा नगरपालिका–७ बडकीपोखरी सौन्दर्यीकरणमा ठेकेदारले पोखरीमा कमसल सामग्री प्रयोग गरी मापदण्डविपरीत निर्माण गर्दा निर्माणाधीन पर्खाल भत्किएको हो ।तोकिएको समयमा योजना पूरा नहँुदा पोखरीबाट हुने मासिक दुई लाख आम्दनीसमेत […]

निर्माणाधीन नगरभवन अलपत्र छोडेर ठेकेदार बेपत्ता

साउन २१, बैतडी । शहिद दशरथचन्दको नामले निर्माण हुन लागेको दशरथचन्द नगरभवन बैतडीको काम अलपत्र परेको छ । काम सम्पन्न नगरेरै निर्माण कम्पनीको ठेकेदार बेपत्ता भएको हो ।  ठेकेदारलाई धेरै पटक फोन गर्दा फोननै नउठाएको जिल्ला समन्वय समितिका प्रमुख सिद्ध राज भट्टले बताए । ‘हाम्रो कार्यालयबाट गर्नुपर्ने सबै सहयोग गर्दा पनि निर्माण कम्पनी ठेकेदारले कुनै प्रतिक्रिया नदिइ भवन निर्माणमा लापरवाही गरेर वेपत्ता भएको छ’ उनले भने । जिल्ला समन्वय समितसँग भएको पुरानो सभाहललाई भत्काएर त्यसै ठाउँमा कम्पनीले नयाँ साभाहल निर्माण गर्न लागको हो । समयमा हल निर्माण नगरिदिँदा अहिले समन्वय समितिले कार्यक्रम गर्नको लागि हल भाडामा लिनु परेको बताएको छ । शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय बैतडीसँग खाम्पाचे शेर्पा निर्माण सेवाले २ करोड २३ लाख १४ हजार ५७७ मा २०७६ अषाढमा भवन निर्माण सम्पन्न गर्ने गरि २०७४ पुसमा सम्झौता गरेको थियो । सम्झौता अवधि सकिएको दुई वर्ष हुँदा पनि कम्पनीले कुनै चासो नदेखाएको जिल्ला समन्वय समितिले जानकारी दिएको छ ।  देश संघियतामा गइसकेपछि शहरी विकास तथा भवन निर्माण कार्यालय प्रदेश अन्तर्गत र सघन शहरी तथा भवन निर्माण आयोजना विभाग केन्द्र सरकार मार्फत सञ्चालन भए । यो भवन निर्माणको जिम्मा सघन शहरी तथा भवन निर्माण आयोजना डोटीले लिएको थियो । सम्झौता अनुसार कम्पनीले निर्माण गरेको कामको मूल्यांकनको अधारमा भन्दा पनि थोरै भुक्तानी गरेको सघन शहरी तथा भवन निर्माण आयोजना फिल्ड कार्यालय बैतडीका सब इन्जिनियर सुजन रेग्मीले बताए । ‘अहिले सम्म भवनको ३० प्रतिशत वित्तीय प्रगती र ६० प्रतिशत भौतिक प्रगती भएको छ’ उनले भने । अहिलेसम्म निर्माण भएको भवनको छत पनि गुणस्तरहिन रहेको छ । छतमा कमसल प्रकारको समान हालेको र त्यस छतलाई फेरी निर्माण गर्न लगाउने प्राविधिकहरु बताउँछन् ।  खाम्पाचेशेर्पा निर्माण सेवाले निर्माणको काम हेर्ने सम्पूर्ण जिम्मा दार्चुलाका धन बहादुर कुवरलाई दिएको थियो । निर्माण हुन लागेको साभाहल द्रष्ट सहितको सुविधा सम्पन्न दुइतले भवन हो ।  अहिले कार्यालयले खाम्पाचेशेर्पा निर्माण सेवालाई पत्र लेखेको आयोजना कार्यालयले बताएको छ । पत्र लेखेपछि निर्माण सेवाले भवनको अधुरो काम धन बहादुर मार्फत नभई आफैले पूरा गर्ने भनी सम्पर्कमा आएको सघन शहरी तथा भवन निर्माण आयोजना डोटीले बताएको छ ।

पुल निर्माणमा पप्पुले गर्‍यो बदमासी, गृह मन्त्रालयमा सांसदको किटानी जाहेरी

बर्दिया : ठेकेदारले कमसल सामग्री प्रयोग गरेकाले बबई नदीको जब्दीघाटस्थि पक्की पुल भासिएको छानबिन समितिले ठहर गरेको छ। समितिले सोमबार पुल महाशाखालाई बुझाएको प्रतिवेदनमा पप्पु कन्स्ट्रक्सनको ‘गम्भीर’ लापरबाहीलाई कारण मानिएको महाशाखाका उपमहानिर्देशक अर्जुनजंग थापाले बताए। कान्तिपुर दैनिकमा प्रकाशित समाचारअन...

गृहले माग्यो ढिलासुस्ती गर्ने ठेकेदारको सूची

गृह मन्त्रालयले भवन, सडक तथा पुल निर्माणको ठेक्का लिएर समयमै काम नगर्र्नेे ठेकेदारको सूची एक साताभित्र पठाउन देशभरका जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको छ। ठेकेदारले समयमा काम सम्पन्न नगर्ने तथा सम्पन्न गरेका काम पनि कमसल हुने गरेको गुनासो बढेपछि मन्त्रालयले सरोकारवाला निकायसँग छलफल गरी बिहीबार ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाएको हो।