त्रियुगा बसपार्क: ठेकेदारले समयमै काम सम्पन्न नगरेपछि, ठेक्का तोड्ने प्रक्रिया सुरु

प्रदेशकै नमुना र आधुनिक बसपार्क बनाउने योजनासहित उदयपुर सदरमुकाम गाईघाटमा निर्माण सुरु भएको ‘त्रियुगा बसपार्क’ को काममा ठेकेदारको चरम लापरबाही भएपछि ठेक्का तोड्ने प्रक्रिया अघि बढाइएको छ।...

सम्बन्धित सामग्री

सडकका पाँच ठेक्का तोड्ने प्रक्रिया सुरु

३ माघ, काठमाडौं । संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालयले पाँच वटा ठेक्का तोड्ने प्रक्रिया सुरु गरेको छ । बुधबार गोरखापत्रमा सूचना प्रकाशित गर्दै डिभिजन सडक भक्तपुरले ठेक्का सम्झौता गरेर पनि समयमा काम सम्पन्न नगरेपछि ठेक्का …

निर्माण सामग्रीको अभावले हुलाकी सडक अलपत्र

कैलालीको लम्की–टीकापुर–खक्रौला सडकखण्डको निर्माण सामग्री नपाउँदा समयमै सम्पन्न हुन नसकेको निर्माण कम्पनीले बताएका छन् । हुलाकी सडक आयोजनाअन्तर्गत निर्माण सुरु भएको लम्कीदेखि खक्रौलासम्मको २९ दशमलव सात किलोमिटर सडकलाई समयमै सम्पन्न गर्नका लागि तीन खण्डमा ठेक्का गरिएको थियो । माटो तथा ग्राभेललगायतका निर्माण सामग्री नपाएकै कारण समयमा काम सम्पन्न गर्न नसकिएको जनाइएको छ । स्थानीय सरकारसँग […]

धुलियाबिट-भेडाबारी सडक निर्माणको काम सुस्त

सुर्खेत– मदन भण्डारी राजमार्गअन्तर्गत सुर्खेतको धुलियाबिट-भेडाबारी सडकको २५ प्रतिशत काम भएको छ । करिब डेढ वर्षअघिदेखि सुरु भएको सो सडक निर्माणको काम अहिलेसम्म २५ प्रतिशत मात्र कार्यप्रगति भएको हो। सुर्खेतको धुलियाबिट-भेडाबारी सडकखण्ड ३५ किलोमिटर रहेको छ। यो सडकखण्डमा भ्याटसहित एक अर्ब तीन करोड रुपियाँमा काम सम्पन्न गर्नेगरी कालिका केएस वेदान्सी जेभीले ठेक्का सम्झौता गरेको छ। […]

ग्वार्को फ्लाईओभर : यसरी हुँदैछ काम

कोटेश्वरदेखि कलङ्कीसम्म चक्रपथ विस्तारको काम सम्पन्न भएपछि यसै योजना अन्तर्गत ग्वार्को, सातदोबाटो तथा एकान्तकुना जस्ता व्यस्त चोकहरुमा फ्लाईओभर निर्माणको योजना रहेको थियो । अहिले ग्वार्कोमा फ्लाईओभर बनाउने काम सुरु भएको छ । ग्वार्को चोकमा बन्दै गरेको फ्लाईओभर नेपाल  सरकारको १७ करोड रुपैयाँको लागतमा बन्न लागेको हो । सडक विभाग अन्तर्गत गुणस्तर तथा अनुन्धान तथा विकास केन्द्रका इन्जिनियर रवीन्द्र श्रेष्ठका अनुसार २०७८ माघमा सम्झौता भएर दुई वर्षमा निर्माण सम्पन्न गरिसक्ने गरी आशीष, समानान्तर र रेलिग्रेन जेभीलाई ठेक्का परेको छ । फ्लाईओ...

पाँच महिनामै निर्माण भयो ५० मिटर लामो पुल

पूर्वपश्चिम राजमार्गअन्तर्गत महोत्तरी बर्दिबासस्थित भपसीखोलामा पाँच महिनामै ५० मिटर लामो पुल निर्माण सम्पन्न गरिएको छ । ठेक्का लिएर पनि ठेक्केदार कम्पनीले लामो समयसम्म काम सम्पन्न नगर्ने प्रवृत्ति मौलाइरहेका बेला सुगम निर्माण सेवा कम्पनीले भने आर्थिक वर्ष २०७८र७९ को पाँच महिनाकै अवधिमा सो पुलको निर्माण सम्पन्न गरेको हो ।सो पुल कुल रु दुई करोड ५० लाखको लागतमा निर्माण गरिएको छ । गत २०७८ मङ्सिरमा सम्झौता गरी पुसबाट पुल निर्माण सुरु गरेको र गत २०७९ वैशाखमा काम सम्पन्न गरेको सडक डिभिजन कार्यालय जनकपु

समयमा काम नभएपछि बुटवल–बेलहिया सडकको ठेक्का सम्झौता तोड्न प्रक्रिया सुरु

बुटवल । सडक विभागको व्यापारिक मार्ग विस्तार आयोजनाले रूपन्देहीको बुटवल–बेलहिया सडकको ठेक्का सम्झौता तोड्न प्रक्रिया सुरु गरेको छ । निर्माण सम्झौता भएको ६ वर्षसम्म पनि सडक निर्माणको काम सम्पन्न नभएपछि आयोजनाले ठेकेदार कम्पनीसँगको ठेक्का सम्झौता अन्त्य गर्न प्रक्रिया थालेको हो । व्यापारिक मार्ग विस्तार आयोजनाले ठेक्का लगायतका कार्यको न्यून कार्य प्रगति भएको, म्याद समाप्त भएका र बाह्य समस्याविना...

सिमरा विमानस्थलको धावन मार्ग मर्मतको काम सुस्त

सिमरा विमानस्थलको धावन मार्ग मर्मतको काम समयमै सम्पन्न नहुने देखिएको छ । जेठ २४ गतेदेखि धावन मार्ग मर्मतको काम सुरु गरेको ठेकेदार कम्पनीले असार १२ गतेभित्र काम सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख छ । तर अहिलेसम्म ४० प्रतिशत काम पनि पूरा हुन सकेको छैन ।एक हजार १९० मिटर धावनमार्ग मर्मतसम्भार, विमानस्थलको चारैतर्फ तारजाली र नाला निर्माणको ठेक्का लिएको सप्तकोशी जलाधार प्रालिले हालसम्म ६० मिटर धावनमार्ग मात्रै कालोपत्र गरेको छ । असार १२ गतेभित्र काम सम्पन्न गर्नुपर्ने भए पनि हालसम्म ४० प्रतिशत पनि का

डाेटीमा पुल निर्माण सुरु भएको आठ वर्षमा २० प्रतिशत मात्रै काम सम्पन्न

डोटी – डोटीको शिखर नगरपालिका–१० बानीडुग्रीसैनमा पर्ने सेती नदीमा मोटरेबल पुल निर्माण सुरु भएको आठ वर्षमा जम्मा २० प्रतिशत मात्रै काम सम्पन्न भएको छ ।  तीन वर्षभित्र बनाइसक्ने गरि सम्झौता भएको पुल  ठेकेदारको लापरबाहीका कारण अहिलेसम्म जम्मा २० प्रतिशत मात्रै सम्पन्न भएको छ । विसं २०७४ साल असार २९ गते काम सम्पन्न गर्ने गरी २०७१ सालमा ठेक्का सम्झौता भएकोमा हालसम्म जम्मा २० प्रतिशत मात्रै काम भएको सडक डिभिजन कार्यालय, कुलपातेले जनाएको छ । विसं २०४९ सालमा निर्माण कार्य सुरु भएको सातनाली मेल्लेक सड...

राष्ट्रिय राजमार्ग विस्तारमा हेटौँडा सहर बाधक

बागमती प्रदेश सरकारले सुरु गरेको बाइपास सडक निर्माणले गति लिन सकेको छैन । २०७६ सालमा ठेक्का सम्झौता भएर निर्माण प्रक्रिया सुरु भएको सो सडकको समयसीमा समाप्त हुँदासम्म जम्मा ४० प्रतिशत मात्र काम सम्पन्न भएको छ ।प्रदेशका तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलको पहलमा हेटौँडा बजार क्षेत्रबाट राजमार्ग अलग गर्ने उद्देश्य अनुसार हेटौँडा उपमहानगरपालिका–१ चौकीटोलदेखि राप्ती पुल हुँदै हेटौँडा–१५ रातोमाटेसम्मको राप्ती खोला किनारलाई प्रयोग गरेर बाइपास सडक निर्माण गर्ने योजना अघि बढाइएको हो । सो