राष्ट्रियसभा सदस्य उदयबहादुर बोहोराले तुलसीपुर–कपुरकोट सडकखण्ड निर्माणमा लापरबाही भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।बिहीबारको राष्ट्रियसभा बैठकमा शून्य समयमा बोल्दै राष्ट्रिय सभा सदस्य बोहोराले तुलसीपुरदेखि कपुरकोटसम्मको सडकखण्ड निर्माणमा सडक डिभिजन कार्यालय दाङ र ठेकेदारले लापरबाही गरेको बताए । उनले सो सडकखण्डमा मिलेमतो गरी भ्रष्टाचार भएको भन्दै सरकारको ध्यानाकर्षण गराए । उनले भने, ‘राप्ती राजमार्ग अस्तव्यस्त […]