राष्ट्रियसभा सदस्य उदयबहादुर बोहोराले तुलसीपुर–कपुरकोट सडकखण्ड निर्माणमा लापरबाही भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । बिहीवारको राष्ट्रियसभा बैठकको शुन्य समयमा बोल्दै बोहोराले तुलसीपुरदेखि कपुरकोटसम्मको सडकखण्ड निर्माणमा सडक डिभिजन कार्यालय दाङ र ठेकेदारले लापरबाही गरेको बताए । उनले सो सडकखण्डमा मिलेमतो गरी भ्रष्टाचार भएको भन्दै सरकारको ध्यानाकर्षण गराए । राष्ट्रियसभा सदस्य उर्मिला अर्यालले मधेशमा सिंचाई र मलको अभावका कारण खेतियोग्य जमिन बाँझो रहेको बताइन् । उनले यसको समाधानक