हिन्दूहरू कुशलाई भगवान विष्णुको प्रतीक मान्छन् । कुशको विशेष प्रकारको औँठी जसलाई पवित्र भनिन्छ त्यो धारण नगरी कुनै पनि धर्म-कार्य गरिँदैन । कुश घरमा राख्नु मात्र पनि पवित्र मानिन्छ । ब्राहृमणहरूद्वारा पूजा गरी छेदन गरेर जजमानहरूकहाँ पुर्याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । यज्ञादी कर्म गरिँदा कुशको आहुति केतु ग्रहलाई वैदिक […]