पूर्वको ऐतिहासिक पालिकामध्ये एक हो धरान उपमहानगरपालिका । वामपन्थीको किल्ला भत्काएर उपचुनावमा मेयर पद जितेको नेपाली काँग्रेसका नेताहरु अहिले धरानमा एमाले र माओवादी दुबै मिलेर आए पनि हराउने दाबी गरिरहेका छन् । उपचुनावमा हार व्यहोरेको एमाले भने माओवादीका कार्यकर्ता आफ्नो पार्टीमा आएको र काँग्रेसको छवि धुमिल भएको भन्दै यसपालि गुमेको साख फर्काउने रणनीतिमा देखिन्छ । तर, माओवादीका नेताचाहिँ काँग्रेस र एमाले दुबै असफल सावित भएको भन्दै एकीकृत समाजवादी र जसपासँग मिलेर प्रतिस्पर्धामा उत्रने दाउम