मधेस प्रदेशको राजधानी जनकपुरमा बसेर स्थानीय तह निर्वाचनको राजनीतिक जोडघटाउ केलाउँदा सपाट उत्तर निस्किँदैन । स्थानीय तहको उम्मेदवारी मनोनयनसँगै ३४ डिग्री सेल्सियस सम्मको गर्मीले आक्रान्त पुरै मधेस प्रदेशलाई निर्वाचनले अरू गर्मिलो बनाइदिएको छ । पद दोहोर्याउन र पद पाउन पार्टी फेर्ने र स्वतन्त्र उठ्ने धम्की मात्र होइन, माथिसम्म आर्थिक मोलाहिजाका उपक्रमहरू व्याप्त छन् । आर्थिक सम्मोहनले गर्दा जनतामा भिजेका र काम गर्ने नेतृत्व क्षमता भएकाहरूलाई पाखा पार्ने र नेतृत्व लाद्ने डरलाग्दो गैरलोकता