काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका स्थायी कमिटी सदस्य भीम रावलले राजनीति गर्ने भए सडकमा आउन राष्ट्रपति विद्यादेवी भण्डारीलाई चुनौती दिएका छन्।
धनगढीमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै रावलले प्रतिनिधसभाको बैठक बोलाउन आफूहरुले राष्ट्रपतिसमक्ष ८३ सांसदको हस्ताक्षरसहित निवेदन दिन गएको तर उक्त निवेदन दर्ता नगरिएको बताए।
‘राष्ट्रपति सबैको राष्ट्रपति हो। राष्ट्रपतिले…