गाउँ कमिटीबाट राजनीति थालेर जिल्लाको नेतृत्व गरेका पदम गिरीले ०७४ को पहिलो प्रतिस्पर्धामै सांसद (प्रतिनिनिधि सभा सदस्य) बन्ने शौभाग्य पाए । घटक माओवादी केन्द्रको समेत साथ पाएका गिरीले तीन पटक सांसद भइसकेका नेपाली कांग्रेसका उम्मेदवार अर्जुनप्रसाद जोशीलाई १२ हजार ४५६ मतान्तरले हराएका थिए । यो पटक माओवादीको साथ विना जित जोगाउने चुनौती गिरीलाई छ । […]