धनगढी : सोमबार बालुवाटारमा बसेको एमाले स्थायी कमिटी बैठकले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्यो।समर्थन फिर्ता लिँदै एमालेबाट निर्वाचित सरकारमा सहभागी मन्त्रीहरूलाई २४ घण्टाभित्र सरकारबाट फिर्ता आउनसमेत निर्देशन दियो। तर, नेकपा एमालेको सुदूरपश्चिम प्रदेशसभा संसदीय दलको बैठकले भने स्थायी कमिटीलाई चुनौती दिँदै सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिने निर्णय गर्यो। २४ घण्टाभित्र सरकारबाट फिर्ता हुन दिइएको निर्देशन समेतको मन्त्रीले पालना गरेनन्। संसदीय दलका नेता