सर्लाही : बसबरिया गाउँपालिकामा दुई दिनदिख कामकाज ठप्प छ। नेकपा माओवादी केन्द्रका स्थानीय नेता रामविश्वास राय, चनु राय, उदय रायसहितको समूहले बुधबार दिउँसो कार्यालयमा प्रवेश गरी दुर्व्यवहार गरेकाले काम ठप्प पारेको कर्मचारीले बताएका छन्।गाउँपालिकाको उद्यम विकास शाखाका फोकल पर्सन पंकज कुमार झा, सहजकर्ता राश नारायण राय र राकेशकुमार यादव, सूचना प्रविधि अधिकृत सुजितकुमार कर्ण, पञ्जीकरण शाखाका प्रमुख राजिवकुमार यादव, फिल्ड सहायक सन्जयकुमार पण्डितलगायतका कर्मचारीमाथि दुव्यर्वहार भएको उनीहरूले