सोरु गाउँपालिकामा झन्डै १० महिनादेखि लेखापाल नहुँदा आर्थिक कामकाज ठप्प छ । गाउँपालिकामा फागुनदेखि लेखापाल छैनन् । पालिकामा कार्यरत लेखापाल जेटबहादुर बुढा फागुनमा सरुवा भएपछि उनको ठाउँमा अर्को लेखापाल नपठाइँदा पालिका लेखापालविहीन भएको हो ।
मुगु । सोरु गाउँपालिकामा लेखापाल नहुँदा आर्थिक कामकाज ठप्प भएको छ । पालिकाका लेखापाल जेठबहादुर बुढा गत फागुनमा दैलेख सरुवा भएपछि कामकाज रोकिएको हो । केही दिनका लागि काम चलाउन गमगढी–नाक्चेनाङला सडकमा कार्यरत लेखापाल राजबहादुर भण्डारीलाई काजमा ल्याइए पनि उनी दुई साता बसेर फिर्ता भएका छन् । असार मसान्त नजिकिँदै गए पनि पालिकामा लेखापाल नहुँदा योजनाको भुक्तानीदेखि कर्मचारी […]
राजविराजस्थित रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान पूर्वाधार तयारी विकास समितिमा अध्यक्ष र निर्देशक नहुँदा साढे छ महिनादेखि पूर्वाधार निर्माणसम्बन्धी सम्पूर्ण कामकाज प्रभावित भएको छ। समितिका अध्यक्ष र निर्देशक नहुँदा पूर्वाधार निर्माणका लागि डीपीआर सम्झौता गर्न र प्राविधिक प्रतिवेदन प्राप्त भइसक्दा अगाडि बढाउन नसकेको प्रतिष्ठान पूर्वाधार तयारी विकास समिति कार्यालयका लेखापाल उमेशकुमार यादवले बताउनुभयो। उहाँका अनुसार समितिका अध्यक्ष र निर्देशक नहुँदा ठेक्कासम्बन्धी प्रक्रिया र ऐन, कानुनको विधेयक स्वास्थ्य मन्त्रालयबाट कानुन, न्याय तथा संसदीय मन्त्रालयमा थन्किएका कारण एमबीबीएस, नर्सिङ (स्टाफ नर्स)लगायतका पढाइको बाटोसमेत अवरुद्ध छ।