तालाबन्दीले पातारासी गाउँपालिकाको कामकाज ठप्प

जुम्लाको पातारासी गाउँपालिकामा नेकपा माओवादी केन्द्रले गरेको तालाबन्दीका कारण कामकाज ठप्प भएको छ । गत असार महिनाको ८ गते पालिकालाई २२ बुँदे माग राख्दै आए पनि कार्यन्वयनमा तदारुकता नदेखाएको भन्दै माओवादी केन्द्र गाउँ कमिटीले ताला लगाएको हो ।