इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेट आज शुक्रबार एक खेल हुँदैछ । आज हुने खेलमा कोलकत्ता नाइट राइडर्स र पन्जाब किङ्सबीच प्रतिस्पर्धा हुनेछ । पहिलो खेलमा सहज जित निकालेको पन्जाब आजको खेलमा पनि सहज जितको खोजीमा हुनेछ । पन्जाबले पहिलो खेलमा रोयल्स च्यालेन्जर्स बैंगलोरलाई ५ विकेटले हराएको थियो । यता लिगको तेस्रो खेल खेल्न लागेको कोलकाता दोस्रो जितको खोजीमा हुनेछ । कोलकाताले पहिलो खेलमा चेन्नई सुपर किङ्सलाई हराएको थियो । दोस्रो खेलमा कोलकाता बैंगलोरसँग पराजित भ