कोरोना भाइरसको प्रभाव विकास निर्माणमा पनि परेको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि करिब दुई महिना यता जारी लकडाउनको प्रत्यक्ष प्रभाव विकास निर्माण क्षेत्रमा पनि परेको हो ।
सरकारले वैशाख २६ गतेपछि विकास निर्माणकार्य सुचारु गर्ने निर्णय ग¥यो । तर कोरोना जोखिमलाई मध्यनजर गर्दै सबै नाका बन्द छन् । गिट्टी, बालुवा, सिमेन्ट, सरियालगायत निर्माण सामग्री आयात ठप्प छ । जसले गर्दा करोडांैका निर्माण योजना प्रभावित भएका छन् । खानेपानी, सिँचाइ, जलविद्युत्, भवन, सडकलगायतका विभिन्न योजना निर्माण लकडाउनले अलपत्र छन् । जारी लकडाउनकै कारण जुम्लामा करिब ५ करोडका खानेपानी आयोजना अलपत्र भएका छन् ।