बनेपा र पाँचखालमा खानेपानी आयोजना निर्माण गर्न सम्झौता

काभ्रेपलाञ्चोक – बनेपा र पाँचखाल नगरमा दुई खानेपानी आयोजना निर्माण गर्न सम्झौता गरिएको छ। खानेपानीको अभाव झेलिरहेका काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका १३ र १४ वडा तथा पाँचखालको ५ नम्वर वडाका नागरिकका लागि स्वच्छ खानेपानी उपलब्ध गराउन दुई उपभोक्ता समिति र सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना बीच सम्झौता भएको हो। बनेपास्थित साँगा खानेपानी आयोजना उपभोक्ता समितिका […]

सम्बन्धित सामग्री

एक करोडको लागतमा म्याग्दीमा खानेपानी आयोजना निर्माण

म्याग्दी- म्याग्दीको अन्नपूर्ण गाउँपालिका- ६ खिवाङमा ‘एक घर, एक धारा’खानेपानी आयोजना निर्माण भएको छ। श्रमदानसहित रु एक करोड चार लाखको लागतमा आयोजना सम्पन्न भएको हो। आयोजना निर्माण भएपछि एक सय ३६ घरका परिवारलाई एक घन्टा बढी समय लगाएर पानी ओसार्नुपर्ने बाध्यता हटेको छ। खिवाङकी रिना बुद्धुजाले आँगनको धारामा २४ सैं घन्टा नियमित पानी आउन थालेपछि […]

छेम्दीमा ‘एक घर, एक धारा’सहितको खानेपानी आयोजना निर्माण

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको छेम्दी टोलमा ‘एक घर, एक धारा’ सहितको खानेपानी आयोजना निर्माण भएको छ । गोर्खा वेयलफेयर ट्रष्टको आर्थिक र प्राविधिक सहयोगमा स्थानीय उपभोक्ताले श्रमदान गरेर खानेपानी तथा सरसफाइ आयोजना निर्माण गरेका हुन् । मुलपानी र लट्टेखोरीयाको मुहानबाट पानी ल्याएर घरघरमा धारा बनाएर वितरण गरिएको कार्यवाहक वडाध्यक्ष श्याम पुर्जाले जानकारी दिनुभयो । उहाँका …

दशकपछि बृहत धौलिगाड खानेपानी आयोजना निर्माण हुँदै

जुम्लामा निर्माणाधीन गौरवको ‘धौलिगाड खानेपानी आयोजना’ निर्माणले गति लिएको छ । निर्माण थालनी भएको दशकबढी समयपछि चालू आर्थिक वर्षबाट आयोजनाको निर्माण कार्यले गति लिएको हो । २०६७ सालयता आयोजना निर्माणको प्रारम्भ भएको थियो । विभिन्न तदर्थ समिति गठन गरे पनि विगतका वर्षमा निर्माण कार्यले गति लिन सकेको थिएन । मुलुककै सबैभन्दा बढी हाइअल्टिच्युटमा निर्माण हुन […]

खानेपानी आयोजना निर्माण गर्दा श्रमदान गर्नु नपर्ने

सरकारले खानेपानी तथा सरसफाई आयोजना निर्माणको क्रममा उपभोक्ताले श्रमदान गर्नुपर्ने व्यवस्था परिवर्तन गर्ने तयारी गरको छ । उपभोक्ताले १० देखि ३० प्रतिशतसम्म श्रमदान गर्नुपर्ने व्यवस्था परिवर्तन हुनेगरी नीति पुनरावलोकन गर्न लागिएको हो ।खानेपानी मन्त्रालयका अनुसार उपभोक्ताले अधिक श्रमदान गर्नुपर्ने नीतिगत व्यवस्थाका कारण धेरै खानेपानी आयोजना सम्पन्न हुन नसकी वर्षौंदेखि अलपत्र परेको भन्दै झन्झटिलो व्यवस्था हटाउन […]

बनेपा र पाँचखालमा खानेपानी आयोजना निर्माण गर्न सम्झौता

बनेपा र पाँचखाल नगरमा २ खानेपानी आयोजना निर्माण गर्न सम्झौता गरिएको छ । खानेपानीको अभाव झेलिरहेका काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ र १४ वडा तथा पाँचखालको ५ नम्बर वडाका नागरिकका लागि स्वच्छ खानेपानी उपलब्ध गराउन २ उपभोक्ता समिति र संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाबीच सम्झौता भएको हो । बनेपास्थित साँगा खानेपानी आयोजना उपभोक्ता समितिका अध्यक्ष कमलबहादुर तामाङ, पाँचखाल भमरकोट लिफ्ट खानेपानी आयोजना उपभोक्ता समितिका अध्यक्ष सीताराम ढुंगाना र संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका आयोजना प्रमुख राजे...

हरिहरपुरगढीमा तीन ठूला खानेपानी आयोजना बन्दै

सिन्धुली : सिन्धुलीको हहिरपुरगढी गाउँपालिकामा यो वर्ष तीन ठूला खानेपानी आयोजना निर्माण हुने भएका छन्।गाउँपालिकाले विभिन्न वडाका गाउँमा वर्षौंदेखि रहँदै आएको खानेपानीको अभाव हटाउन चालु आर्थिक वर्ष तीन ठूला खानेपानी आयोजना निर्माण गर्न थालेको हो।तीन ठूला आयोजनामध्ये एउटा खानेपानी आयोजना भने निर्माण सम्पन्नको अन्तिम चरणमा रहेको छ। हरिहरपुरगढी गाउँपालिका २ को सिरपुर–झनझने–रतनपुर खानेपानी आयोजना निर्माण सम्पन्नको अन्तिम चरणमा रहेको गाउँपालिकाले जनाएको छ।सिरपुर–झनझने–रतनपुर खान

९ करोड लगानीमा खानेपानी आयोजना निर्माण हुने

रुकुम पूर्वको सिस्ने गाउँपालिका–५ मा खानेपानी आयोजना निर्माण हुने भएको छ ।  वडामा खानेपानीको थप आपूर्तिका लागि ठूलो आयोजना निर्माणको प्रक्रिया शुरू भएको हो । खानेपानी आयोजनाको शुक्रवार शिलान्यास समेत गरिएको छ । ५ नम्बर वडाका वडाध्यक्ष शान्तेबहादुर विकले थाक्नाखोला खानेपानी आयोजनाको शिलान्यास गरे । लुम्बिनी प्रदेश सरकारको ९ करोड बजेटमा खानेपानी आयोजना निर्माण हुन लागेको छ । थाक्नाखोलाको मुहानबाट पानी ल्याउन लागिएको हो । खानेपानीको आयोजनामा ७५ हजार लिटर क्षमताका ५ वटा ट्यांकी निर्माण गरिने छ । ...

खानेपानी आयोजना निर्माण

मकवानपुर । लामो समयदेखि खानेपानीको अभाव झेल्दै आएका स्थानीय बासिन्दाका लागि मकवानपुरको मकवानपुरगढी गाउँपालिका–३ स्थित टावरडाँडामा एक करोड ६ लाख लागतको खानेपानी आयोजना निर्माण सम्पन्न भएको छ । जिल्ला समन्वय समिति मकवानपुरको ७५ प्रतिशत र गाउँपालिकाको २५ प्रतिशतको संयुक्त लगानीमा निर्माण सम्पन्न भएको सो आयोजनाको जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालले उद्घाटन गरेका छन् । जिल्ला समन्वय समितिको ६० लाख र सो गाउँपालिकाको ४६ लाखको संयुक्त लगानीमा निर्माण भएको सो आयोजनाबाट २१६ घरपरिवारलाई स्वच्छ खानेपानी उपलब्ध हुने गाउँपालिकाले बताएको छ । एक हजार ७०० मिटर टाढाबाट लिफ्टिङ गरी टावर डाँडामा ल्याइएको सो पानी दुई लाख ४० हजारको ट्यांकीमा संकलन गरी खानेपानी स्थानीय २१६ घरपरिवारलाई उपलब्ध गराइने गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईंले जानकारी दिए । रासस

जाजरकोटको भेरीमा खानेपानी आयोजना निर्माण गरिँदै

जाजरकोट । जाजरकोटको भेरी नगरपालिका–१३ कुदुमा खानेपानी आयोजना निर्माणको तयारी गरिएको छ । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाबाट ३० करोड लागतमा खानेपानी आयोजना निर्माण गर्न लागिएको हो । तिहारलगत्तै खानेपानीको वैकल्पिक रूपमा तत्काल समाधान गर्न २ करोड ५० लाखको काम अन्तिम चरणमा पुगेको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका प्रमुख नारायण काफ्लेले जानकारी दिए । ‘आयोजना एक वर्षभित्र सक्नेगरी काम भइरहेको छ,’ उनले भने । भेरी कोरिडोरअन्तर्गत जाजरकोट र रुकुम पश्चिम चौरजहारीको बीचमा पर्ने यो ठाउँ मध्यपहाडी लोकमार्गको मुख्य भागमा पर्दछ । झण्डै ५० लाख बराबरको लागतमा डिप बोरिङ गरी निकालिएको पानीले दुई वर्षदेखि कुदुवासीलाई बिहानैदेखि बेलुकीसम्म लाइन लागेर पालो कुर्नुपर्ने बाध्यता छ । पानी नआएमा भेरी नदीमा जानुपर्ने बाध्यता छ । करीब ३०० घरधुरी रहेको यो ठाउँबाट भेरी नदी बग्छ । नदीको पल्लो छेउमा नयाँ शहर बन्दै गरेको रुकुम पश्चिमको चौरजहारी छ । जाजरकोट खण्डमा भने पानी नपाएर बिहानैदेखि पालो कुरेर बस्नुपर्दा हैरान हुने स्थानीय नरबहादुर बस्नेतले बताए । खानेपानीको अभावमा यहाँका सर्वसाधारणको जीवन कष्टकर छ । कुदुले जिल्लाभरिलाई पुग्ने खाद्यान्न उत्पादन गर्ने क्षमता राख्छ । नजिकै नदी, समथर भूभाग भए पनि सिँचाइको अभावमा खेतीयोग्य जमीनमा अपेक्षित उत्पादन हुन सकेको छैन । प्रत्येक दिन भेरी नदीको किनारमा धमिलो पानी ल्याएर परिवारको तिर्खा मेटाउँदै आएकी पानमति विक पानीको दुःखले दिक्क भइसकेको बताइन् । ‘फोहोर पानी पिउँदा हप्तामा एकपटक परिवारका सदस्य बिरामी हुन्छन्, जानेरै फोहोर पानी पिउन बाध्य छौं,’ उनले भनिन् । खास परिणाम आउने खालको व्यवस्थापन कतैबाट पनि नहुँदा कुरा मात्र कति सुनाउनु भन्दै दिक्क लागेको कुदुका श्याम विकले बताए । पिउने पानी नभएको ठाउँमा सिँचाइको सुविधा हुनु यहाँका लागि टाढाको कुरा हो । सयौं बिघा जमीन आकाशेपानीको भरमा खेती गर्दा अपेक्षित मात्रामा उब्जाउ हुन नसकेको स्थानीयवासी हरि बस्नेत बताउँछन् । भेरी नदीबाट पानी निकालेर सिँचाइको व्यवस्था गर्न सके पूरै जिल्लालाई खाद्यान्न आपूर्ति गर्न सकिने कृषक बताउँछन् । रासस

२ करोड लगानीमा बेथानचोकमा खानेपानी आयोजना

दुई करोड लगानी गरेर काभ्रेको बेथानचोक गाउँपालिका वडा नम्बर ६ भुग्देउमा खानेपानी आयोजना निर्माण गरिने भएको छ।