बनेपा र पाँचखाल नगरमा २ खानेपानी आयोजना निर्माण गर्न सम्झौता गरिएको छ ।
खानेपानीको अभाव झेलिरहेका काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ र १४ वडा तथा पाँचखालको ५ नम्बर वडाका नागरिकका लागि स्वच्छ खानेपानी उपलब्ध गराउन २ उपभोक्ता समिति र संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाबीच सम्झौता भएको हो ।
बनेपास्थित साँगा खानेपानी आयोजना उपभोक्ता समितिका अध्यक्ष कमलबहादुर तामाङ, पाँचखाल भमरकोट लिफ्ट खानेपानी आयोजना उपभोक्ता समितिका अध्यक्ष सीताराम ढुंगाना र संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका आयोजना प्रमुख राजे...