रुकुम पूर्वको सिस्ने गाउँपालिका–५ मा खानेपानी आयोजना निर्माण हुने भएको छ ।
वडामा खानेपानीको थप आपूर्तिका लागि ठूलो आयोजना निर्माणको प्रक्रिया शुरू भएको हो ।
खानेपानी आयोजनाको शुक्रवार शिलान्यास समेत गरिएको छ । ५ नम्बर वडाका वडाध्यक्ष शान्तेबहादुर विकले थाक्नाखोला खानेपानी आयोजनाको शिलान्यास गरे ।
लुम्बिनी प्रदेश सरकारको ९ करोड बजेटमा खानेपानी आयोजना निर्माण हुन लागेको छ । थाक्नाखोलाको मुहानबाट पानी ल्याउन लागिएको हो । खानेपानीको आयोजनामा ७५ हजार लिटर क्षमताका ५ वटा ट्यांकी निर्माण गरिने छ ।
...