के अब आउने कोभिड-१९ को लहरमा बालबालिका बढी प्रभावित हुन्छन्?
हालसम्म भएका अध्ययनहरुले कोभिड-१९ को खोप लगाएका व्यक्तिहरुलाई संक्रमण भइहाले पनि गम्भीर बिरामी पर्ने वा मृत्यु हुने जोखिम निकै कम हुन्छ भन्ने कुरा देखाएका छन्।
साइनिङ अस्पतालमा फेला परेका नयाँ बिरामीमध्ये १५ जना भारतीय नागरिक रहेका छन् । बर्दिया र अन्य पहाडी जिल्लाबाट जाँच गराउन आउने बिरामीमा पनि कुष्ठरोग पत्ता लागिरहेको छ।
संयुक्त राष्ट्र सङ्घले आउँदो वर्ष दक्षिण सुडानमा पाँच वर्षमुनिका १६ लाखभन्दा बढी बालबालिका कुपोषणको सिकार हुने जोखिम रहेको जनाएको छ ।
संयुक्त राष्ट्र सङ्घीय निकाय विश्व खाद्य कार्यक्रमले विज्ञप्ति निकालेर सन् २०२४ मा पाँच वर्षमुनिका १६ लाखभन्दा बढी बालबालिका कुपोषणबाट पीडित हुने अनुमान गरेको बताएको हो ।
सन् २०११ मा सुडानबाट स्वतन्त्र भएयता विश्वको सबैभन्दा नयाँ देश दक्षिण सुडानले घातक द्वन्द्व, प्राकृतिक विपत्ति, आर्थिक बेचैनी र निरन्तर राजनीतिक कलहको सामना गर्दै आएको छ । देशका केही भागमा बर्सेनि बाढी आउने ...
एजेन्सी । जलवायुसम्बन्धी विपद्का कारण फिलिपिन्समा सन् २०१६ देखि २०२१ सम्ममा झण्डै एक करोड बालबालिका विस्थापित भएका संयुक्त राष्ट्रसङ्घीय बाल कोष (यूनिसेफ) ले जनाएको छ । सार्वजनिक प्रतिवेदनको तथ्याङ्कअनुसार फिलिपिन्समा पाँच वर्षको अवधिमा बाढी, आँधीबेहरी, खडेरी र डढेलोका कारण ९७ लाख बालबालिका विस्थापित भएका छन् । फिलिपिन्समा बर्सेनि औसत २० वटा आँधीबेहरी आउने गरेको छन् […]
ललितपुर : गोदावरी नगरपालिका-११ स्थित चापागाउँमा एकाबिहानै बालबालिकाहरू भेला हुन्छन्। पंक्ति बनाएर हिँड्छन् , भजन कीर्तन गर्छन्। न जाडोको पर्वाह छ उनीहरूलाई नत निन्द्रा नपुगेको अनुभूति नै उनीहरूमा छ।स्थानीय माधव नारायण संरक्षण समितिको आयोजनामा वर्षेनी हुने माधवनारायणको भजन भन्दै हिँड्ने संस्कृति यो वर्ष पनि उत्तिकै उत्साहका साथ सुरु भएको छ।समितिका सचिव उमेश मेहेर कायस्थका अनुसार कोरोनाका कारण पहिलेभन्दा बिहान माघ कराउन आउने बालबालिकाको संख्या घटेको छ।'पहिले पहिले नेवार बालबालिका मात्र स
वनकरिया समुदायका बालबालिका अध्ययन गर्ने एकमात्र विद्यालय हो पशुपतिनाथ माध्यमिक विद्यालय । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर–४ मा अवस्थित सो विद्यालयमा हाल १५ जना वनकरिया समुदायका बालबालिका अध्ययनरत छन् । चालु शैक्षिक सत्रमा मात्र सो विद्यालयमा १८ जना नयाँ बालबालिका अध्ययनका लागि थपिँदैछन् । करिव एक घण्टाको पैदल यात्रा गरेर वनकरिया समुदायका बालबालिकाहरु सो विद्यालयमा अध्ययन गर्न आउने गर्दछन् ।विद्यालयबाट करिव ४ किलोमिटर खहरे खोलाको बगरमा यात्रा गरेपछि महनरी–४ वनकरिया बस्ती पुग्न स
सिमकोट – हुम्लामा एक सातायता जिल्ला अस्पतालमा निमोनिया र झाडा पखालाका बिरामी बालबालिकाको सङ्ख्या वृद्धि भएको छ । तीन वर्षकी छोरीलाई उपचार गर्न अस्पतालमा कुरुवा बस्दै आएकी खार्पुनाथ गाउँपालिका–५ की माया शाहीले छोरीलाई निमोनिया देखिएको बताईन । ज्वरो आउने र स्वासप्रस्वासमा समस्या देखिएपछि उनले तीन दिनअघि छोरीलाई अस्पताल भर्ना गरेर उपचार गर्दै आएकी छन् । […]
काठमाडौं, माघ २३ । विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी आज देशभर श्रीपञ्चमी पर्व मनाइँदै छ । आज देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लाग्ने गरेको छ । विद्यालय नपठाइएका साना बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने चलन छ । आजका दिन लेखपढ गर्न सिकाए राम्रो विद्या आउने धार्मिक विश्वास छ । प्रत्येक […]
मोर्डनाको ४० लाख डोज खोप नेपाल आउने भएको छ । विश्व बैंकले आगामी फागुनदेखि ४० लाख मोर्डना खोप आउने जनाएको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले मोर्डनाको ४० लाख डोज खोप खरिदका लागि सम्झौता भएको बताउनुभएको छ । उक्त खोप १२ देखि १७ वर्ष उमेर समूहका बालबालिका तथा किशोर-किशोरीलाई लगाइने सरकारले जनाइसकेको छ ।विश्व बैंकको वित्तीय सहयोगमा कोभ्याससँगको साझेदारीमार्फत सरकारले ४० लाख मात्रा खोप खरिद गर्नका लागि खोपसम्बन्धी विश्वव्यापी सञ्जाल ‘गाभी’सँग सम्झौता
३, फागुन, चितवन । नेपालमा बर्षेनी औसत १५ सय बालबालिकालाई क्यान्सर रोग लाग्ने गरेको एक अध्ययनले देखाएको छ । तर, त्यसको आधामात्र बालबालिका उपचारका लागि अस्पताल आइपुग्ने गरेका छन् । अस्पताल आउने त्यही आधा बिरामी मध्ये पनि आर्थिक अभाव, समयको कारणले बीचमा नै उपचार छाड्ने गरेको चिकित्सकहरु बताउँछन् । चितवनको भरतपुरस्थित वीपी कोइराला मेमोरियल क्यान्सर […]