हुम्लामा अस्पताल आउने निमोनिया र झाडा पखालाका बिरामी बालबालिका बढे

सिमकोट – हुम्लामा एक सातायता जिल्ला अस्पतालमा निमोनिया र झाडा पखालाका बिरामी बालबालिकाको सङ्ख्या वृद्धि भएको छ । तीन वर्षकी छोरीलाई उपचार गर्न अस्पतालमा कुरुवा बस्दै आएकी खार्पुनाथ गाउँपालिका–५ की माया शाहीले छोरीलाई निमोनिया देखिएको बताईन । ज्वरो आउने र स्वासप्रस्वासमा समस्या देखिएपछि उनले तीन दिनअघि छोरीलाई अस्पताल भर्ना गरेर उपचार गर्दै आएकी छन् । […]