सुडानमा बाढीका कारण झण्डै १६ लाख बालबालिका भोकमरीको जोखिममा

संयुक्त राष्ट्र सङ्घले आउँदो वर्ष दक्षिण सुडानमा पाँच वर्षमुनिका १६ लाखभन्दा बढी बालबालिका कुपोषणको सिकार हुने जोखिम रहेको जनाएको छ । संयुक्त राष्ट्र सङ्घीय निकाय  विश्व खाद्य कार्यक्रमले विज्ञप्ति निकालेर सन् २०२४ मा पाँच वर्षमुनिका १६ लाखभन्दा बढी बालबालिका कुपोषणबाट पीडित हुने अनुमान गरेको बताएको हो । सन् २०११ मा सुडानबाट स्वतन्त्र भएयता विश्वको सबैभन्दा नयाँ देश दक्षिण सुडानले घातक द्वन्द्व, प्राकृतिक विपत्ति, आर्थिक बेचैनी र निरन्तर राजनीतिक कलहको सामना गर्दै आएको छ । देशका केही भागमा बर्सेनि बाढी आउने ...