नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा इलाम क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवार बनेका नेता झलनाथ खनालले निर्वाचनमा धाँधली भएको निष्कर्ष निकाल्दै कानुनी उपचार खोज्ने बताएका छन् । सोमबार एक वक्तव्य जारी गर्दै नेता खनालले आफ्नो निर्वाचन क्षेत्रका दुवै सिटमा निर्वाचन आयोगले मत गणना गरेर नतिजा घोषणा गरेपनि त्यसमा गम्भीर विवाद रहेकाले कानुनी उपचार खोज्ने बताएका हुन् ।‘मतदानको प्रक्रिया सुरुदेखि नै स्वस्थ नरहेको, विभिन्न प्रकारका अनियमितता भएको, एउटा मतपेटिकामा मत हाल्नु प