एमालेले भन्यो– मतदान र मतगणनामा धाँधली भयो

१ जेठ, काठमाडौं । नेकपा एमालेले स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनले धाँधली गरेको आरोप लगाएको छ । एमाले महासचिव शंकर पोखरेलले आइतबार विज्ञप्ति जारी गर्दै सत्ता गठबन्धनले मतदान र मतगणनाको क्रममा योजनाबद्ध धाँधली गरेकोआरोप लगाएका हुन् । महासचिव पोखरेलले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित हुनुपर्ने निर्वाचनलाई भय र त्रासबिना मतदान र […]

सम्बन्धित सामग्री

विद्युतीय मतदान : सधैँ चुनावअघि मात्रै चर्चा

विद्युतीय मतदानमा विश्वास नगर्दा हरेकपटकको चुनावमा मतपत्र छपाइ, मतदाता शिक्षा र मतगणनामा ठूलो धनराशि र समय खर्च प्रत्येक निर्वाचनमा विद्युतीय मतदान (इ–भोटिङ)को चर्चा हुने गर्छ । तर, जतिजति निर्वाचनको दिन नजिकिन्छ, यसको...

मधेस प्रदेशमा मतगणनामा सत्तारुढ दलले धाँधली गरेको महासेठको आरोप

जनकपुरधाम , ४ जेष्ठ : नेकपा एमालेका सचिव रघुवीर महासेठले मतदान शान्तिपूर्ण भए पनि कांग्रेसलाई जिताउन मतगणनामा खटेका निर्वाचन अधिकृतहरुबाट धाँधली गरिरहेको आरोप लगाएका छन् । एमालेका मधेश प्रदेशका इन्चार्ज समेत रहेका महासेठले बुधवार जनकपुरधाममा पत्रकार सम्मेलन गरी निर्वाचनमा प्रहरीको भूमिका राम्रो रहे पनि मतगणनामा निर्वाचन अधिकृतहरुले सत्ता गठबन्धनलाई जिताउन धाँधली गरिरहेको आरोप लगाए । निर्वाचनमा […]

किन भइरहेको छ मतगणनामा ढिलाइ ?

४ जेठ, काठमाडौं । गत शुक्रबार स्थानीय तहको मतदान सकिएपछि देशभर मतगणना सुरु भयो । पाँच दिनको अवधिमा विभिन्न स्थानीय तहको नतिजा सार्वजनिक भए पनि ६ वटा महानगरपालिकाको मतगणना निकै ढिलो र सुस्त गतिमा चलेको भनेर आलोचना भएको छ । शनिबारदेखि बुधबारसम्म पाँच दिनको अवधिमा ४० भन्दा बढी चिन्ह भएका मतपत्रको गणना निकै सुस्त गतिमा […]

जारी मतगणनामा एमालेको चरम असन्तुष्टि

नेकपा एमालेले स्थानीय तह निर्वाचन अन्तरगत जारी मतगणनाप्रति चरम असन्तुष्टि जनाएको छ । एक विज्ञप्तिमार्फत आइतबार सत्ता गठबन्धनले निर्वाचनमा तीन चरणमा धाँधली गरेको आरोप लगाउँदै एमालेले मतगणनामा असन्तुष्टि पोखेको हो । मत गणना गर्दा सत्ता गठबन्धनलाई फाइदा पुग्ने गरी उम्मेदवार भएको र नभएको दुई निर्वाचन चिन्हमा मतदान गरेकोमा सो मतपत्रको सम्बन्धित मत बदर हुनुपर्नेमा सदर गर्ने कार्य गरिएको एमालेको भनाइ छ ।  यस्तै मतगणना स्थलमा कानुनविपरीत सत्ता गठबन्धन पक्षधर उम्मेदवारको मतलाई सदर गर्ने र नेकपा

इलामको देउमाई नगरपालिकामा मतगणनामा विवाद हुँदा झडप, प्रहरीद्वारा हवाई फायर

इलाम, ३१ वैशाख । इलामको देउमाई नगरपालिकाको मतगणनामा विवाद हुँदा झडप भएको छ । मतदान अधिकृतको गोजीमा स्वस्तिक छाप भेट्टिएको भन्दै नेपाली काँग्रेसका कार्यकर्ताले विरोध गरेपछि स्थिति तनावग्रस्त भएको हो । विवादपछि देउमाई नगरपालिकाको भवन तोडफोड भएको छ । घटनापछि झडपले हिंसात्मक रुप लिन लागेपछि प्रहरीले हवाई फायर गरेको छ । देउमाईमा मतगणना नै रोकिएको […]

मतदान र मतगणनामा सुरक्षाकाे कमी हुँदैन : प्रजिअ रिजाल

काठमाडौं : जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले शान्तिपूर्ण वातावरणमा मतदान गर्नेदेखि मतगणना नसकिञ्जेल सम्मको लागि कडा सुरक्षा व्यवस्था तयार पारेको जानकारी दिएका छन्। सबै क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको पनि उनले जानकारी दिए।‘सकेसम्म शान्तिपूर्ण ढंगले निर्वाचन सम्पन्न गर्न सुरक्षा व्यवस्था तयार पारेका छौँ,२०७४ मा भएको निर्वाचन क्रियाकलापबाट पनि हामी सतर्क रहेका छौँ,’उनले भने। उनले काठमाडौंभित्रको मतदान केन्द्रमा घुम्ती सुरक्षाको टोली पनि

बहुमत नपुगेपछि सिन्धुपाल्चोक कांग्रेसमा दाेस्राे चरणकाे मतदान हुने, लामा बाहिरिए

सिन्धुपाल्चोक, २९ फागुन । नेपाली कांगेस सिन्धुपाल्चोकमा दाेस्राे चरणकाे मतदान हुने भएकाे छ । शनिबार राति भएकाे मतगणनामा सभापतिका तीन जना उम्मेदवारमध्ये कसैले पनि ५१ प्रतिशत कटाउन नसकेपछि फेरि मतदान हुन लागेकाे हाे । पहिलो चरणको मतदानमा जंगबहादुर तामाङले ७ सय ५ (३८.५८प्रतिशत), वंशलाल तामाङले ६ सय २९ (३४.९७ प्रतिशत) र प्रेमध्वज लामाले ४ सय […]

सिन्धुपाल्चोक काँग्रेसमा दोस्रो चरणको मतदान हुने

नेपाली काँग्रेस सिन्धुपाल्चोकमा दोस्रो चरणको मतदान हुने भएको छ । शनिबार राति भएको मतगणनामा सभापतिका तीन जना उम्मेदवारमध्ये कसैले पनि ५१ प्रतिशत कटाउन नसकेपछि फेरि मतदान हुन लागेको हो ।पहिलो चरणको मतदानमा जंगबहादुर तामाङले ७ सय ५९ (३८.५८प्रतिशत), वंशलाल तामाङले ६ सय २९ (३४.९७ प्रतिशत) र प्रेमध्वज लामाले ४ सय ९३  (२६.९८ प्रतिशत) मत मात्र प्राप्त गरे । राति अबेर सकिएको मत गणनामा सदर मत १८२७ थियो भने ४० मत बदर भयो ।अब जंगबहादुर र वंशलालबीच दोस्रो चरणमा प्रतिस्पर्धा हुने भएको छ । प्रेमध्वज बाहिर

काँग्रेस कैलालीको सभापतिका लागि पुनः मतदान हुने

नेपाली कांग्रेस कैलालीको सभापतिका लागि पुनः मतदान हुने भएको छ । जारी १४औँ अधिवेशनमा सभापतिका कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत प्राप्त गर्न नसकेपछि पुनः मतदान हुने भएको हो । आइतबार सम्पन्न निर्वाचनको आज गरिएको मतगणनामा सभापतिका प्रत्यासी प्रकाश बमले एक हजार १६९, नारायण भट्टले एक हजार ७२ र रामबहादुर कलेलले १९७ मत प्राप्त गरेको निर्वाचन अधिकृत टेकप्रसाद सुवेदीले जानकारी दिए । दोस्रो चरणमा बम र भट्टबीच प्रतिस्पर्धा हुने बताइएको छ । सभापतिका लागि पूर्वउपसभापति भट्ट, निवर्तमान उपसभापति बम र कले

बाजुरामा कांग्रेस जिल्ला सभापतिका लागि दोस्रो चरणको मतदान हुँदै

बाजुरा, असोज २१ । नेपाली कांग्रेस बाजुराको जिल्ला अधिवेशनमा पहिलो चरणको मतदानमा कुनै पनि उम्मेद्वारको ५१ प्रतिशत मत नपुगेपछि फेरी मतदान हुने भएको छ। जिल्लामा तीन जना उम्मेदवार सभापतिको दौडमा थिए। जसअनुसार बिहीबार बिहान सम्पन्न मतगणनामा कुनै उम्मेद्वारको ५१ प्रतिशत नपुगेपछि पुनः मतदान हुने निर्वाचन समितिले जनाएको छ। जिल्लामा जम्मा १ हजार २ सय १२ […]