काठमाण्डौ - प्रधानमन्त्री शेरबहादुर देउवाले छिटपुट घटनालाई लिएर चुनावमाथि निष्पक्षका प्रश्न उठाउन नमिल्ने बताउनुभएको छ ।
नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै देउवाले चुनावमा धाँधली भएको भन्ने हल्लामा सत्यता नभएको बताउनुभएको हो ।
एमालेले चुनावमा धाँधली भयो भनेर आरोप लगाइरहेको अवस्थामा प्रधानमन्त्री देउवाले भने चुनाव शान्तिपूर्ण र निष्पक्ष भएको दाबी गर्दै छिटपुट घटनालाई लिएर समग्रमा धाँधली भयो भन्न नमिल्ने बताउनुभयो ।
‘एकैपटक, एकैसाथ चुनाव सम्पन्न गर्नु चुनौतीपूर्ण विषय हो । सा...