धार्मिक द्वन्द्वका कारण् तीन दिनदेखि नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा लगाइएको कर्फ्यु आंशिक रुपमा हटाइएको छ ।
जिल्ला प्रशासन कार्यालय बाँकेले सूचना जारी गरी आज बिहान ८ बजेदेखि साँझ ८ बजेसम्मका लागि नेपालगञ्ज उपमहानगरपालिका ...
मोरङको लेटाङमा शान्ति सुरक्षाको स्थितिलाई ध्यानमा राखी निषेधाज्ञा आदेश यथावत राखेको छ । जिल्ला प्रशासन कार्यालयले आज निषेधाज्ञा यथावत रहेको विज्ञप्ति जारी गरेको हो । प्रमुख जिल्ला अधिकारी काशीराज दाहालको हस्ताक्षरित विज्ञप्तिमा चैत ९ गते बुधबारदेखि अर्को आदेश नभएसम्मका लागि बिहान १० बजेदेखि ४ बजेसम्म तथा बेलुकी ६ बजेदेखि बिहान ६ बजेसम्मका लागि निषेधाज्ञा आदेश जारी गरिएको उल्लेख छ । लेटाङमा भएको घटनामा परी विराटनगरको रानी गणमा कार्यरत प्रहरी जवान उर्मिला श्रेष्ठको निधन भएको थियो । घटनाम
कास्कीमा एक साताका लागि निषेधाज्ञा लम्ब्याइएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले कोरोना महामारी नियन्त्रणका लागि गत वैशाख १५ देखि लगाएको निषेधाज्ञा कोरोना संक्रमण क्रमिकरुपमा वृद्धि भएको भन्दै भाद्र १८ गते राति १२ बजेसम्म थप गरेको हो ।यसअघि प्रशासनले भाद्र ३ गते जारी गरिएको निषेधाज्ञा आदेशलाई पुनः निरन्तरता दिएको हो । प्रशासनले कोभिड १९ को संक्रमण र मृत्युदर बढ्दै गएका कारण यसअघि जारी गरिएको निषेधाज्ञा आदेशलाई भाद्र १५ गतेसम्म निरन्तरता दिने निर्णय गरिएको कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्
पुरानै नियमलाई यथावत राख्दै भदौ १६ गतेसम्म काठमाडौं उपत्यकामा निषेधाज्ञा थप गरिएको छ। मंगलबार बिहान बसेको उपत्यकाका तीन जिल्लाका सिडिओहरुको संयुक्त बैठकले पुरानै नियमलाई कायम राख्दै निषेधाज्ञाको समय थप गर्ने...
मोरङ– कोरोना संक्रमण बढ्दै गर्दा जिल्ला प्रशासन कार्यालय मोरङले निषेधाज्ञालाई थप एक साताका लागि निरन्तरता दिएको छ। जिप्रका मोरङका अनुसार साउन २५ गतेदेखि ३२ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा यथावत रहेको छ। मोरङका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले यसबीच बिहान ५ देखि बेलुका ६ बजेसम्मका लागि खाद्यान्न, ग्यास, निर्माण तथा विद्युतीय सामाग्री, पुस्तक र […]
मोरङ– जिल्ला प्रशासन कार्यालय मोरङले जोरबिजोरको आधारमा सार्वजनिक र निजी सवारीसाधन चल्न दिने गरी निषेधाज्ञालाई एकसाताका लागि यथावत राखेको छ। जिप्रका मोरङमा सोमबार सम्पन्न डिसिसिएमसी बैठकले असार २८ गतेसम्मका लागि निषेधाज्ञा खुकुलो बनाएर अघि बढ्ने निर्णय गरेको हो। मंगलबारदेखि मोरङमा सुरक्षा मापदण्डसहित जोरबिजोरका आधारमा सार्वजनिक र निजी सवारी चलाउन पाइने उनले बताए। त्यसैगरि प्रशासनले स्वास्थ्य […]
धनगढी : कैलालीमा परिमार्जनसहित निषेधाज्ञा यथावत राखिएको छ । जिल्ला संकट व्यवस्थापन केन्द्रको निर्णयअनुसार प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रशाद रिजालले २२ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गरेका छन् । १६ गतेदेखि विहान ६ बजेदेखि बेलुका ६ बजेसम्म सबै प्रकारका पसल खोल्न पाइने आदेशमा उल्लेख छ ।
यस्तै सार्वजनिक सवारी सा…
बाँकेमा निषेधाज्ञा थपिएको छ । असार १४ गतेसम्म निषेधाज्ञा थपिएको हो । जिल्ला प्रशासन कार्यालयले सोमबार विज्ञप्तिमार्फत् जानकारी गराउँदै विगतको तुलनामा निषेधाज्ञा केही खुकुलो गराइने जनाएको छ । शैक्षिक संस्था, सिनेमा हल, फन पार्क, पार्टी प्यालेस, स्वीमिङ पुल, यात्रुबाहक लगायत सुविधा यथावत रोक लगाइएको छ ।
तनहुँ । जिल्ला प्रशासन कार्यालय तनहुँले पुनः एक हप्ता निषेधाज्ञाको समय थपेको छ । शुक्रबार बसेको जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले १५ गते शनिबार राति १२ बजे सकिने निषेधाज्ञालाई थपेर यही जेठ २२ गते सम्म लम्ब्याएको हो । सङ्क्रमितहरुको सङ्ख्या बढ्दै जादाँ कोरोना महामारीको जोखिम पनि यथावत रहेकोले अवधि थपिएको सहायक प्रमुख जिल्ला अधिकारी सागर […]
अत्यावश्यक बैंकिङ सेवा यथावत राखी अनलाइन बैंकिङ, एटीएम र अनकल सेवालाई व्यवस्थित गरी अन्य सबै क्रियाकलाप निषेधाज्ञा अवधिभर बन्द गर्न मोरङका बैंक तथा वित्तीय संस्थालाई अनुरोध गरेको छ।...