बाँके र बर्दियामामा थप एक साता निषेधाज्ञा

बाँकेमा निषेधाज्ञा थपिएको छ । असार १४ गतेसम्म निषेधाज्ञा थपिएको हो । जिल्ला प्रशासन कार्यालयले सोमबार विज्ञप्तिमार्फत् जानकारी गराउँदै विगतको तुलनामा निषेधाज्ञा केही खुकुलो गराइने जनाएको छ । शैक्षिक संस्था, सिनेमा हल, फन पार्क, पार्टी प्यालेस, स्वीमिङ पुल, यात्रुबाहक लगायत सुविधा यथावत रोक लगाइएको छ ।

सम्बन्धित सामग्री

बागलुङ र बर्दियामा चौथो पटक निषेधाज्ञा थप

जेठ २२, गलकोट/बाँके । बागलुङ र बाँकेमा चौथो पटक निषेधाज्ञा थप गरिएको छ ।  जिल्ला कोभिड संकट व्यवस्थापन समिति बागलुङको बैठकले थप एक साता निषेधाज्ञा गर्ने निर्णय गरेको बागलुङका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले बताए । उनका अनुसार यसअघि बन्द बैंक तथा वित्तीय संस्था सञ्चालनलाई भने केही खुकुलो बनाइएको छ । अब बैंक तथा वित्तीय संस्था बुधवार र आइतवार बिहान ७ देखि १० बजेसम्म खुला रहने छ । बैठकले यही जेठ ३१ गतेसम्मका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।  कोरोना संक्रमण र मृत्यु दर नघटेको जनाउँदै बर्दियामा पनि स्थानीय प्रशासनले चौथो पटक निषेधाज्ञा थपेको छ ।  जिल्ला प्रशासन कार्यालयले शुक्रवार सूचना जारी गर्दै  १० दिन जिल्लाभर निषेधाज्ञा जारी गरिएको जानकारी दिएको छ ।

बाँकेमा निषेधाज्ञा एक साता थपियो

बाँके जिल्लामा निषेधाज्ञा एक साता थप गर्ने निर्णय भएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जेठ २४ गते राति १२ बजेसम्म निषेधाज्ञालाई निरन्तरता दिइएको जानकारी दिएका छन् । निषेधाज्ञामा बिहान ७ बजेदेखि १२ सम्म उपभोग्य वस्तुका पसल खोल्न पाइने जनाइएको छ ।कोरोना संक्रमणको उच्च जोखिमलाई मध्यनजर गर्दै बाँकेमा वैशाख १३ गतेदेखि  निषेधाज्ञा लगाइएको थियो । बाँकेमा कोरोना संक्रमणको दर घट्दै गएको छ ।

बाँकेको निषेधाज्ञा एक साता थप

बाँके। बाँकेमा जारी निषेधाज्ञा एक साताका लागि थप गरिएको छ। वैशाख १६ गतेदेखि जारी निषेधाज्ञा अब वैशाख २७ गते राति १२ बजेसम्म रहनेछ। यो अवधीमा अत्यावश्यक सेवाबाहेक अन्य गतिविधिमा रोक लगाइएको छ। यतिबेला बाँके कोरोना संक्रमणको हटस्टप बन्दै गएको छ।

बाँकेको निषेधाज्ञा एक साता थप

बाँके। बाँकेमा जारी निषेधाज्ञा एक साताका लागि थप गरिएको छ। वैशाख १६ गतेदेखि जारी निषेधाज्ञा अब वैशाख २७ गते राति १२ बजेसम्म रहनेछ। यो अवधीमा अत्यावश्यक सेवाबाहेक अन्य गतिविधिमा रोक लगाइएको छ। यतिबेला बाँके कोरोना संक्रमणको हटस्टप बन्दै गएको छ।