मोरङको लेटाङमा निषेधाज्ञा यथावत

मोरङको लेटाङमा शान्ति सुरक्षाको स्थितिलाई ध्यानमा राखी निषेधाज्ञा आदेश यथावत राखेको छ । जिल्ला प्रशासन कार्यालयले आज निषेधाज्ञा यथावत रहेको विज्ञप्ति जारी गरेको हो । प्रमुख जिल्ला अधिकारी काशीराज दाहालको हस्ताक्षरित विज्ञप्तिमा चैत ९ गते बुधबारदेखि अर्को आदेश नभएसम्मका लागि बिहान १० बजेदेखि ४ बजेसम्म तथा बेलुकी ६ बजेदेखि बिहान ६ बजेसम्मका लागि निषेधाज्ञा आदेश जारी गरिएको उल्लेख छ । लेटाङमा भएको घटनामा परी विराटनगरको रानी गणमा कार्यरत प्रहरी जवान उर्मिला श्रेष्ठको निधन भएको थियो । घटनाम