बैंक तथा वित्तीय संस्थाका अत्यावश्यक बाहेकका सबै सेवा बन्द
अत्यावश्यक बैंकिङ सेवा यथावत राखी अनलाइन बैंकिङ, एटीएम र अनकल सेवालाई व्यवस्थित गरी अन्य सबै क्रियाकलाप निषेधाज्ञा अवधिभर बन्द गर्न मोरङका बैंक तथा वित्तीय संस्थालाई अनुरोध गरेको छ।...
मेगा क्यापिटल मार्केट लिमिटेडले नेप्सेमा सूचीकृत बैंक तथा वित्तीय संस्था, बिमा कम्पनी, लघु वित्त, जलविद्युत् तथा उत्पादनमूलक कम्पनीहरूको संस्थापक सेयर खरिदविक्रीका लागि सहजीकरण सेवा प्रारम्भ गरेको छ।...
बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले सेवा शुल्क र बैंकिङ ब्याजदर आफैले तोक्न पाउने अधिकार बैंक तथा वित्तीय संस्थालाई दिन राष्ट्र बैंकसँग माग गरेको छ । खुल्ला बजार नीतिको अवधारणा प्रतिस्पर्धाका आधारमा बैंक तथा वित्तीय संस्थाहरूलाई कर्जा÷निक्षेपको ब्याजदर निर्धारण गर्न र त्यसमा लाग्ने सेवा शुल्कमा समेत स्वनिर्णयको अधिकार दिन सिबिफिनले राष्ट्र बैंकसँग माग गरेको हो । बैंक तथा वित्तीय संस्था सञ्चालकहरूको छाता संगठन ‘बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले हालै
काठमाण्डाै – नेपाल राष्ट्र बैंकले सुरक्षा मापदण्ड पालना गरेर आवश्यकताअनुसार बैंक तथा वित्तीय संस्था खोल्न निर्देशन दिएको छ । यसअघि फरक दिन, फरक ठाउँमा कोटा तोकेर सेवा दिइरहेका बैंक तथा वित्तीय संस्थाका शाखा अब आवश्यकताअनुसार खुला गर्न पाइनेछ । तर नजिक नजिकै रहेका दुई वा दुईभन्दा धेरै शाखा खोल्नुको साटो एउटै शाखाबाट सेवा दिन राष्ट्र बैंकले सुझाव दिएको छ ।
बन्द भएका शाखाको सटरमा वा वेबसाइट र सामाजिक सञ्जालमा खुला भएको शाखाको स्पष्ट जानकारी दिने गरी सूचना दिन पनि निर्देशन दिइएको छ । बैंक तथा वित्तीय संस्था...
काठमाडौँ, १० जेठ: यसअघि सीमित कर्मचारी राखेर सेवा प्रवाह गर्दै आएका बैंक तथा वित्तीय संस्थाका सीमित शाखा मात्र सञ्चालन हुने भएका छन् । नेपाल राष्ट्र बैंकले सोमबार एक सूचना जारी गर्दै सीमित शाखा मात्र आलोपालो सञ्चालन गर्न निर्देशन दिएको छ । कोभिड–१९ को सङ्क्रमणको जोखिमलाई ध्यानमा राख्दै लगाइएको निषेधाज्ञाको समयमा थप जोखिम भएको र भिडभाड […]
विराटनगर । इटहरी र धरान उपमहानरभित्रका बैंक तथा वित्तीय संस्थाहरू सोमवारदेखि बन्द गरिएका छन् । इटहरी उपमहानगरपालिकामा नगर प्रमुख द्वारिकलाल चौधरीको अध्यक्षतामा बसेको बैठकले एक साताका लागि बैंक तथा वित्तीय संस्था बन्द गर्ने निर्णय गरेको हो ।
बैठकमा इटहरीमा शाखा रहेका बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिको समेत उपस्थिति थियो । संयुक्त बैठकले कोरोना संक्रमणको जोखिम न्यूनीकरणका लागि जेठ ३ गतेदेखि ७ गतेसम्म बैंक तथा वित्तीय संस्थाको सम्पूर्ण कारोबार बन्द गर्ने निर्णय गरेको बताइएको छ । उक्त अवधिमा एटीएम भने सञ्चालनमा रहने उपमहानगर प्रमुखको सचिवालयका महेश सुवेदीले जानकारी दिए । बैठकले इटहरी रंगशालामा रहेको आइसोलेसन सञ्चालनका लागि वित्तीय संस्थाहरूसँग सहयोगको अनुरोध समेत गरेको छ ।
त्यसैगरी धरान उपमहानगरका प्रमुख तिलक राईको अध्यक्षतामा सोमवार बसेको बैठकले जिल्ला प्रशासन कार्यालय सुनसरीबाट लागू गरिएको निषेधाज्ञालाई प्रभावकारी बनाउन बैंक तथा वित्तीय संस्था बन्द गर्ने निर्णय गरेको सामाजिक महाशाखा प्रमुख गणेश खतिवडाले जानकारी दिए । उनका अनुसार बैंक तथा वित्तीय संस्थाबाट प्रत्यक्ष सेवाग्राही उपस्थित भई हुने सेवा प्रवाह नहुने भएको छ । एटीएम सेवा, मोबाइल बैंकिङ जस्ता सेवा भने सुचारु रहने उनले जानकारी दिए । इटहरी र धरानमा बैंक तथा वित्तीय संस्था सयभन्दा बढी छन् ।
जेठ २, रौतहट । कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि निषधाज्ञा लागू गरिएपछि चन्द्रपुर नगरपालिकाले बैंक तथा वित्तीय संस्था आलोपालो गरेर खोल्न निर्देशन दिएको छ ।
चन्द्रपुर नगरपालिकाले नगरक्षेत्रका २४ ओटा वाणिज्य, विकास बैंक र वित्त कम्पनीलाईलाई आलोपालो गरी कार्यालय खोल्न भनेको हो ।
नगरपालिकाले सार्वजनिक गरेको तालिका अनुसार आइतवार, मंगलवार तथा बिहीवार नेपाल बैंक, एभरेष्ट बैंक, ग्लोबल आइएमई बैंक, सनराइज बैंक, सिद्धार्थ बैंक, कुमारी बैंक, लुम्विनी विकास बैंक, ज्योति विकास बैंक, महालक्ष्मी विकास बैंक, कृषि विकास बैंक, राष्टिय वाणिज्य बैंक तथा माछापुच्छ्रे बैंक खुला रहने छन् ।
त्यसैगरी सोमवार, बुधवार र शुक्रवार भने नेपाल एसविआई बैंक, प्रभु बैंक, नेपाल क्रेडिट एण्ड कर्मस बैंक, एनबी बैंक, एनआईसी एशिया बैंक, सानिमा बैंक, सिभिल बैंक, नबिल बैंक, मुक्तिनाथ विकास बैंक, गरिमा विकास बैंक, कामना सेवा बैंक र गृहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइन्स खुला रहने छन् ।
स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई उच्च सर्तकताका साथ विहान १० बजेदेखि दिउँसो २ बजे सम्म कोरोबार गर्न भनिएको चन्द्रपुर नगरपलिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधानले बताए ।कोरोना भाइरसको संक्रमणको जोखिम बढ्दै गएकोले आलोपालो गरी बैक तथा वित्तीय संस्था खुला राख्न सर्वपक्षिय बैठकको निर्णय भएको उनले बताए ।
जिल्ला प्रशासन कार्यालयले वैशाख २४ गते सूचना प्रकाशित गरेर वित्तीय संस्थाहरू पूर्ण रूपमा बन्द गर्न निर्देशन दिएको छ । बैंकहरूले १ जना मात्र कर्मचारी राखेर अतिआवश्यक सेवाग्राहीको हकमा मात्र सेवा प्रवाह गर्न निर्देशन दिएको हो । फुङलिङ नगरपालिकामा ३ जनाको मृत्यु र १ सय ७ जना सक्रिय संक्रमित भएसँगै बन्दको निर्देशन जारी गरेको प्रमुख जिल्ला […]
वैशाख २४, ताप्लेजुङ । ताप्लेजुङ जिल्लामा सञ्चालन हुँदै आएको बैंक तथा वित्तीय संस्थाहरु आज (शुक्रवार) देखि बन्द भएका छन् । जिल्लामा तीव्ररुपमा कोभिड–१९ संक्रमण बढेपछि संक्रमण फैलिन नदिन उच्च सतर्कता अपनाउन थालिएको हो ।
फुङ्लिङ बजारमा यही वैशाख २० गतेदेखि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी भएको छ । निषेधाज्ञाको समयमा पनि बैंक तथा वित्तीय संस्थाहरुका कार्यालयहरु सञ्चालन हुँदै आएपछि जिल्ला प्रशासन कार्यालयले शुक्रवारदेखि नै लागू हुने गरी बन्द गर्ने निर्देशन गरेको थियो ।
अत्यावश्यक परेमा एकजना कर्मचारी राखेर सेवा प्रदान गर्न जिल्ला प्रशासन आग्रह गरिएको छ । निषेधाज्ञा जारी भएसँगै फुङ्लिङ बजार सुनसान भएको छ ।
दिन प्रतिदिन जिल्लामा कोभिड–१९ संक्रमितको संख्या बढ्दै गएको कोभिड–१९ का स्रोत व्यक्ति प्रतिमा खरेलले बताए । तीव्ररुपमा संक्रमित बढ्दै गएपछि नौ स्थानीय तहमध्ये फक्ताङलुङ गाउँपालिकाबाहेक अन्य स्थानीय तहले अत्यावश्यक सेवाबाहेकका सबै सेवा स्थगित गरेका छन् । रासस
बागलुङ। कोरोनाको दोस्रो लहरमा बागलुङका बैंक तथा वित्तीय संस्थाले आलोपालो सेवा दिने भएका छन्। आजदेखि बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुले आलोपालो सेवा दिने भएका हुन्। सातामा तीन दिन नेपाल बैंक र अन्य बैंक सातामा दुई दिने खुल्नेछन्। बागलुङमा २८ वटै वाणिज्य बैंकका शाखा कार्यालय छन्।