पोखरा विमानस्थलमा जहाज उडान र अवतरण पुनः सुरू

काठमाडौँ–  पोखरा विमानस्थलमा जहाज उडान र अवतरण पुनः सुचारु गरिएको छ । आज बिहान हवाईजहाजमा तेल हाल्ने ‘रिफ्युलर’ ट्याङ्कर विमानस्थलमा पल्टिँदा प्रभावित बनेको उडान पुनः सुरु भएको हो । आयल निगमको डिपोबाट हवाईजहाजमा तेल हाल्न जाने क्रममा विमानस्थलमै ‘रिफ्युलर’ ट्याङ्कर पल्टिएपछि केही घण्टा लागि सबै उडान प्रभावित बनेको थियो । त्यसक्रममा विमानस्थलमा दमकलसहित इमर्जेन्सी अपरेशन […]

सम्बन्धित सामग्री

भैरहवा विमानस्थलमा आइएलएस प्रविधि सञ्चालनको बाटो खुल्यो

- सामान्यतथा जहाज उडान र अवतरणका लागि १५ सय मिटर भिजिबिलिटी आवश्यक पर्छ । तर, आइएलएस प्रणाली कार्यान्वयनमा आएपछि आठ सय मिटरसम्मको भिजिबिलिटीमै पनि जहाज अवतरण गराउन सकिनेछ ।  - यो प्रविधि कार्यान्वयनमा...

मौसम खुलेसँगै त्रिभुवन विमानस्थलबाट उडान नियमित

बिहीबार बिहानदेखिको प्रतिकूल मौसमका कारण ठप्प भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा बाह्य उडान अहिले नियमित सुरु भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठकुरका अनुसार आज बिहानैदेखि लागेको बाक्लो हुस्सु र कुहिरोका कारण केही समय उडान तथा अवतरण बन्द भए पनि अहिले उडान तथा अवतरण पुनः सुरु भएको हो ।कुहिरो र हुस्सु हटेपछि अहिले विमानस्थलमा जहाज उडान तथा अवतरण भइरहेका उनले बताए। मौसम खुलेपछि मात्रै उडान अवतरण सुरु भएको विमानस्थलले जनाएको छ । कुहिरो र

करिब दुई महिनापछि जोमसोम विमानस्थलमा पुग्यो जहाज

पर्वत : मौसममा आएको खराबी तथा त्यस अगाडि भएको जहाज दुर्घटनाका कारण जहाज उडान स्थगित भएको मुस्ताङको जोमसोम विमानस्थलमा ५४ दिनपछि जहाज अवतरण गरेको छ।विमानस्थलका प्रमुख पुष्कलराज शर्माका अनुसार गत असार सात गते अन्तिमपटक जहाजको उडान भएको विमानस्थलमा सोमबार १७ जना यात्रु बोकेको समिट एयरको जहाज अवतरण गरेको छ।मौसममा सुधार आएसँगै सोमबार बिहान सवा नौ बजे समिट एयरको जहाजमार्फत ११ जना विदेशी र ६ जना नेपाली जोमसोम विमानस्थलमा अवतरण गरेका हुन्।अहिलेसम्मको अवस्थामा मौसममा राम्रो सुधार आएको र अब मुस्ताङ घुम्ने

इन्जिन फेल भएपछि काठमाडौँ उडेको जहाज पोखरा फर्किएर अवतरण

जहाज उडान भरेको ६ मिनेटमा पोखरा विमानस्थलमा फर्केर सुरक्षित अवतरण गरेको पोखरा विमानस्थलका सुचना अधिकारी देबराज सुवेदिले जानकारी दिए। जहाजमा ४५ जना यात्रु थिए।

फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा परीक्षण उडान

इलाम । इलाम नगरपालिका–९ सेरास्थित फाल्गुनन्द सुकिलुम्बा विमास्थलमा नेपाल वायुसेवा निगमले परीक्षण उडान गरेको छ । निगमले काठमाडौंबाट फाल्गुनन्द सुकिलुम्बा विमास्थलमा नियमित हवाई सेवा दिने उद्देश्यले परीक्षण उडान गरेको हो । फाल्गुनन्द सुकिलुम्बा विमास्थलमा निगमको परीक्षण उडान सफल समेत भएको छ । काठमाडौंदेखि इलामका लागि भएकोे पहिलो उडान सफल भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका इञ्जिनीयर विनायक भट्टराईले बताए । विमानस्थलको धावनमार्ग कालोपत्र भएपछि परीक्षण उडान गरिएको हो । यसअघि धावनमार्ग पक्की नभई तारा एयरले २०७५ सालमा परीक्षण उडान गरेको थियो । अब आगामी फागुन ८ गतेदेखि व्यावसायिक उडान शुरू हुने बताइएको छ । प्राधिकरणका इञ्जिनीयर भट्टराईले परीक्षण उडानमा मौसमले राम्रो साथ दिएको बताए । उनका अनुसार सुकिलुम्बा विमानस्थलको धावनमार्ग पक्की भएपछि बुधवार परीक्षण उडान गरिएको हो । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल काठमाडौंबाट सुकिलुम्बा विमानस्थलमा जहाज अवतरण गर्न करिब ५५ मिनेट समय लागेको उनको भनाइ छ । निगमको तर्फबाट क्याप्टेन पेम्बा शेर्पा र रक्सित मल्लललगायतको प्राविधिक टोलीले यस विमानस्थलमा सफल उडान गराएको बताइएको छ । ७०० मिटर लम्बाइ र ६० मिटर चौडाइको धावनमार्गसहितको विमानस्थलको शिलान्यास २०६८ सालमा भएको थियो । समुद्र सतहबाट १ हजार १५० मिटर उचाइमा रहेको यो विमानस्थलमा प्रायः घाम लागिरहने भएकाले जहाज उडानका लागि उपयुक्त भएको बताइएको छ । यो विमानस्थलबाट जहाज उडान सञ्चालनमा आएपछि पूर्वी पहाडी जिल्ला र सीमापारि भारतका दार्जिलिङ, सिक्किमलगायतका बासिन्दाका लागि सहज हुने विश्वास लिइएको छ । तारा एयरले आगामी फागुन ८ गतेदेखि व्यावसायिक उडान गर्ने सम्बन्धमा इलाम नगरपालिकासँग सम्झौतासमेत गरिसकेको छ । रासस

चार दशकसम्म पनि पूरा भएन रारा विमानस्थल १८ वर्षदेखि काठको टहरोमै टर्मिनल टावर

२ कात्तिक ०६० देखि कच्ची धावनमार्ग र काठको टहरोकै टर्मिनल भवनबाटै जहाज उडान र अवतरण, अझै सुविधायुक्त टर्मिनल बन्न सकेको छैन  जिल्लाको एक मात्र रारा विमानस्थलमा रहेको टर्मिनल टावरको भवन १८...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज उडान र अवतरण प्रभावित

काठमाण्डाै - वर्षाका कारण भिजिबिलिटी कम हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान र अवतरण प्रभावित भएका छन् । वर्षासँगै मौसम धुुम्मिएकाले आन्तरिक र बाह्य उडान अवतरण प्रभावित भएका विमानस्थल कार्यालयका प्रवक्ता देवचन्द्रलाल कर्णले जानकारी दिनुभयो । उहाँका अनुसार आन्तरिकतर्फ केहीबेर कुनै उडान र अवतरण हुन सकेको थिएन&nb...