मौसम खुलेसँगै त्रिभुवन विमानस्थलबाट उडान नियमित

बिहीबार बिहानदेखिको प्रतिकूल मौसमका कारण ठप्प भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा बाह्य उडान अहिले नियमित सुरु भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठकुरका अनुसार आज बिहानैदेखि लागेको बाक्लो हुस्सु र कुहिरोका कारण केही समय उडान तथा अवतरण बन्द भए पनि अहिले उडान तथा अवतरण पुनः सुरु भएको हो ।कुहिरो र हुस्सु हटेपछि अहिले विमानस्थलमा जहाज उडान तथा अवतरण भइरहेका उनले बताए। मौसम खुलेपछि मात्रै उडान अवतरण सुरु भएको विमानस्थलले जनाएको छ । कुहिरो र

सम्बन्धित सामग्री

भीडले त्रिभुवन विमानस्थल अस्तव्यस्त

केही दिनयता मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा परेको जहाज तथा यात्रु चाप व्यवस्थापन गर्न विमानस्थल व्यवस्थापनलाई हम्मे परेको छ। विमानस्थलले आफ्नो क्षमताभन्दा झन्डै दोब्बर जहाज उडान–अवतरण थेग्नुपरेपछि त्यसको प्रत्यक्ष असर यात्रुमाथि परेको छ । नियमित उडान तालिकाअनुसार गन्तव्य जानुपर्ने जहाजको चाप विमानस्थल कार्यालयले व्यवस्थापन गर्न नसक्नु र सँगैसँगै मौसम खराब भइदिँदा घन्टौंसम्म यात्रु विमानस्थलमै अड्किन थालेका छन्।