कैलाली : कोरोना संक्रमणको त्रासकै बिच आज राष्ट्रिय सभाको निर्वाचन जारी छ। सुदूर पश्चिम प्रदेशको धनगढीमा जारी राष्ट्रिय सभाको निर्वाचनमा मतदानका लागि निश्चित दुरी सहित लाइनको व्यवस्थापन गरिएको छ। प्रदेश र स्थानीय तह तर्फका गरी जनप्रतिनिधिका दुई निर्वाचन केन्द्रमा ४ लाइन बनाइएको छ। त्यसैमध्येको एक लाइनमा लामवद्ध थिइन् लीलाकुमारी विष्ट।…
कैलाली : सुदूरपश्चिममा राष्ट्रिय सभाको मतदान जारी छ। धनगढी स्थित सुदूरपश्चिम प्रदेश सभा भवनमा मतदान सुरु भएको हो। मतदान दिउसो ३ बजेसम्म चल्ने प्रदेश निर्वाचन कार्यालय प्रमुख प्रेमदत्त भट्टले बताए। मतदानका लागि प्रदेश सभाभित्रै स्थानीय र प्रदेश तर्फका गरी दुई वटा मतदान केन्द्र बनाइएको भट्टले बताए।
सुदूरपश्चिम प्रदेशमा तीन जना…
धनगढी । सुदूरपश्चिममा राष्ट्रिय सभाको निर्वाचन सुरु भएको छ । आज बिहान ९ बजेबाट सुरु भएको मतदान दिउँसो ३ बजे सम्म सञ्चालन हुने निर्वाचन कार्यालयका प्रमुख प्रेमदत्त भट्टले जानकारी दिए । सुदूरपश्चिम प्रदेशबाट राष्ट्रियसभाका लागि तीन जना चयन हुनेछन् । तीन सिटका लागि ६ जनाले उम्मेदवारी दिएका छन् । नेकपा एमाले एक्लै र अन्य तीन […]
The post धनगढीमा पनि राष्ट्रिय सभाको मतदान सुरु appeared first on राजधानी राष्ट्रिय दैनिक.
काठमाडौँ। राष्ट्रिय सभामा फागुन २० गतेदेखि रिक्त हुने १९ पदका लागि आज बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुँदैछ । निर्वाचन आयोगले मतदानका लागि आठवटा मतदानस्थल र १४ वटा मतदान केन्द्र तोकेको छ।
बुधबार लागि तय भएको राष्ट्रिय सभा निर्वाचनको तयारी पूरा भएको छ । सात वटा प्रदेशमा ८ मतदान स्थलका १४ मतदान केन्द्रमा १९ सिटका लागि मतदान हुँदैछ । मतदान स्थलको व्यवस्थापन, मतपत्र तयारी लगाएका काम सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । मतदान स्थलमा बुथ निर्माणको काम, मतदान अधिकृत खटाउने लगायतका काम सम्पन्न भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले रातोपाटीलाई जानकारी दिए । उनले भने–‘निर्वाचनको तयारी पूर्ण रूपमा सम्पन्न भइसकेको छ । बिहान ९ बजेदेखि ३ बजेसम्म मतदान हुन्छ ।&r
जनकपुरधाम : राष्ट्रिय सभाको चार सिटका लागि प्रदेश दुईमा मतदान शुरु भएको छ।
प्रदेश दुईको अस्थायी राजधानी जनकपुरधामस्थित महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक भवनमा निर्वाचन शुरु भएको हो। प्रदेश दुईको मुख्यमन्त्री लालबाबु राउतले सबैभन्दा पहिले मतदान गरेपछि मतदान प्रकृया शुरु भएको हो।
प्रदेश दुईका प्रदेशसभा सदस्य र पालिकाका अध्यक्ष तथा उपाध्यक्षहरुका
२४ माघमा तय भएको राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि दाङमा ५ नम्बर प्रदेशको प्रादेशिक निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। प्रदेश नम्बर ५ का मतदाताहरुले राष्ट्रिय सभाको निर्वाचन अन्तर्गत दाङमा मतदान गर्नेछन्। निर्वाचन आयोगले प्रादेशिक उच्च अदालत भएको जिल्लामा मतदान गर्ने निर्णय गरेबमोजिम निर्वाचन अधिकृतको कार्यालय दाङमा स्थापना गरिएको हो। माघ २४ गते प्रदेश नम्बर ५ का १२ जिल्लाका ३ सय ५ मतदाताहरुले राष्ट्रिय सभाका लागि मतदान गर्ने छन्।