प्रदेश–१ मा सकियो राष्ट्रिय सभाको निर्वाचन, एक सांसद र दुई स्थानीय तहका प्रतिनिधिले गरेनन् मतदान

प्रदेश–१ मा राष्ट्रिय सभा सदस्य निर्वाचनको मतदान सम्पन्न भएको छ ।  राष्ट्रिय सभाको निर्वाचनमा एक जना सांसद र दुई स्थानीय तहका जनप्रतिनिधि मतदानमा अनुपस्थित भएका छन् । उक्त प्रदेश सभामा भएका ९२ सांसदमध्ये ९१ जनाले मतदान गरेको निर्वाचन अधिकृत भरत लम्सालले बताए ।  प्रदेश सभा सदस्य गुलेफुन खातुन निर्वाचनमा सहभागी भइनन् । उनी अदालतबाट दोषी ठहर भएपछि फरार छिन् । उनी एमालेबाट निर्वाचित भएकी प्रदेश सांसद हुन् ।  त्यसबाहेक, गौरीगञ्ज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठ पनि राष्ट्रिय सभा सदस्यको मतदानमा ...

सम्बन्धित सामग्री

राष्ट्रियसभा चुनाव एमाले एक्लै जित्छ : पृथ्वीसुब्बा गुरुङ

नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले राष्ट्रिय सभाको चुनावमा एमाले एक्लै अन्य दलसँग भिड्ने बताएका छन् । विराटनगरमा प्रेस चौतारी मोरङले गरेको पत्रकार सम्मेलनमा गुरुङले प्रदेश १ र बागमती प्रदेशमा एमाले एक्लैले राष्ट्रिय सभाको निर्वाचन जित्ने समेत दाबी गरे । गुरुङले प्रदेश २ बाहेक सबै प्रदेशमा एमाले बलियो भए पनि पछिल्लो समय केही प्रदेश सांसद यताउता हुँदा केही प्रदेशमा अप्ठ्यारोजस्तो देखिएको बताए । बागमती र १ नम्बर प्रदेशमा सहजै राष्ट्रिय सभाको चुनाव जित्ने बताए ।  एमालेले १ नम्बर प्रदेशमा देवराज घिमिरे, सु...