प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र राईले दाबी पेस गरेका छन् । सोमबार प्रदेश प्रमुख समक्ष उनले ५० सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् । सोमबार मुख्यमन्त्री पदबाट भीम आचार्यले राजीनामा दिएपछि प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेस गर्न मंगलबार दिउँसो १ बजेसम्मको समय तोकेका थिए ।प्रदेश प्रमुखबाट दाबी पेस गर्न आह्वान भएलगत्तै राईले गठबन्