बागमती प्रदेशको मुख्यमन्त्रीमा जमकटेल नियुक्त

हेटौडा, २५ पुष । बागमती प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्र संसदीय दलका नेता शालिकराम जमकटेल नियुक्त भएका छन् ।जमकटेलले प्रदेश प्रमुखको कार्यालय हेटौडा पुगेर ७० जना सांसदको समर्थनसहित दाबी पेश गरेसँगै प्रदेश प्रमुख यादवचन्द्र शर्माले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । कूल ११० सदस्यीय प्रदेश सभामा सरकार निर्माणका लागि ५६ सांसदको समर्थन आवश्य पर्छ । नवनियुक्त […]

सम्बन्धित सामग्री

माओवादी केन्द्रका जमकट्टेल बागमती प्रदेशको मुख्यमन्त्री

बागमती प्रदेश मुख्यमन्त्रीमा नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेता शालिकराम जमकट्टेल नियुक्त हुनुभएको छ । जमकट्टेललाई गठबन्धन दलसहितका ७० जना प्रदेशसभा सांसदको समर्थन प्राप्त भएको छ । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज संविधानको धारा १६८ को उपधारा २ बमोजिम जमकट्टेललाई बहुमतसहितको समर्थन प्राप्त भएकाले मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । उहाँलाई मुख्यमन्त्रीमा नियुक्तका लागि नेकपा …

बागमती प्रदेशको मुख्यमन्त्रीमा माओवादीका जम्मकट्टेल नियुक्त

हेटौंडा : नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका नेता शालिकराम जम्मकट्टेलले बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन्। ७० सांसदको समर्थनसहित दाबी पेस गरेलगत्तै प्रदेश प्रमुख यादवचन्द्र शर्माले जम्मकट्टेललाई मुख्यमन्त्री नियुक्त गरेका हुन्। गठबन्धनका घटक दलहरू नेकपा एमाले,नेकपा माओवादी केन्द्र,राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपासहित नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीको समर्थनमा जम्मकट्टेलले मुख्यमन्त्रीमा दावी पेस गरेका थिए।११० सदस्यीय बागमती प्रदेशमा

बागमती प्रदेश : मुख्यमन्त्रीमा कस्को दाबेदारी ?

हेटौंडा : बागमती प्रदेशको मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले शुक्रबार पदबाट राजीनामा दिए। मंसिर ४ मा भएको निर्वाचनमा प्रतिनिधिसभा सदस्य निर्वाचित भएका पाण्डेले संघीय सांसदको शपथग्रहण गरेपछि प्रदेशको मुख्यमन्त्रीबाट राजीनामा दिएका हुन्।प्रदेश प्रमुख यादवचन्द्र शर्माले उनको राजीनामा स्वीकृत पनि गरिसकेका छन्। कानुनी जटिलताका कारण अर्को सरकार नबन्दासम्म बागमती प्रदेशको मुख्यमन्त्री पाण्डे नै रहेका छन्। उनले पदबाट राजिनामा दिएसँगै बागमती प्रदेशमा अबको मुख्यमन्त्री को बन्ला? भन्ने स