पक्कै पनि भीमबहादुर रावलले प्रतिनिधि सभाका सभामुखलाई खुसुक्क राजीनामा पनि दिएका थिएनन्, प्रेसकै सामु राजीनामा घोषणा गरेका थिए । त्यो पनि संसद् परिसरमै । अझ त्यसरी उनलाई राजीनामा नदिन दबाब दिने उनकै पार्टीका नेता सुरेन्द्र पाण्डेलाई धकेलेको र उनीमाथि आक्रोशित व्यवहार गरेको दृश्य पनि आम नागरिकका आँखामा कैद छन् । ठूला नेताबाट …