काठमाण्डाै – अमेरिकी सहायता परियोजना एमसीसी सम्झौता प्रतिनिधि सभामा टेबल भएको छ । अर्थमन्त्री जनार्दन शर्माको तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र कार्कीले सम्झौता अनुमोदनका लागि टेबल गर्नुभएको हो ।सम्झौता टेबल भैरहँदा एमाले सांसद भीम रावल, एकीकृत समाजवादीका सांसद झलनाथ खनालसँगै माओवादी केन्द्रका केही सांसदहरुले उठेर बिरोध गरेका थिए । एमालेले आजको बैठकमा पनि नाराबाजी गरेको छ । यसअघि सत्तारुढ कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीबीच एमसीसी सम्झौता टेबल गर्ने सहमति भएको थियो । योसँगै ...