काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी उपाध्यक्ष डाक्टर. भीम रावलले नेपाली नागरिकले केपी शर्मा ओलीलाई स्पष्टीकरण सोध्नुपर्ने बेला आएको बताउनुभएको छ । वरिष्ठ नेता माधवकुमार नेपाल समूह सम्बद्ध विद्यार्थीहरूको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उपाध्यक्ष रावलले अध्यक्ष ओलीले आफूहरूलाई स्पष्टीकरण सोध्नु लाजमर्दो भएको बताउनुभएको छ ।
उहाँले स्पष्टीकरण आफूहरूले नभइ पार्टी अध्यक्ष ओलीले दिनुपर्ने बताउनुभयो । प्रतिनिधि सभा विघटन गर्ने, एमसीसीजस्ता वितण्डाहरू अगाडि ल्याउने, नागरिकता विधेयकलाई प्रतिनिधि सभामा पारित हुन नदिने जस्ता काम...