जिल्लाको दुर्गम भेग त्रिपुरासुन्दरी गाउँपालिकाको पिस्करको खड्काटोलमा पहिरो लाग्दा तीन परिवार विस्थापित भएका छन् । अविरल वर्षाको बिहान दुई बजे झरेको पहिरोले बस्ती नै जोखिममा परेको हो ।
एजेन्सी । क्यानडाको धेरै जंगलहरुमा आगलागी भएको छ । पश्चिमी प्रान्तका ब्रिटिश कोलम्बिया र नर्थवेस्ट टेरिटोरीका जंगलहरुमा डढलो लागेको हो । खडेरी र लामो समयसम्म बेमौसमी तापक्रम वृद्धिले डढेलो नियन्त्रण बाहिर रहेको बताइएको छ । २४ घण्टामा करिव २० ठाउँमा डढेलो लागेको छ । धेरैजसो डढेलो चट्याङका कारण लागेका हुन् । देशभर ४२० स्थानमा डढेलो […]
बाजुरा । बाढी र पहिरोका छुट्टाछुट्टै घटनामा यहाँका १३ परिवार बिस्थापित भएका छन् । शुक्रबार आएको बाढी र पहिरोका कारण यहाँका हिमाली र गौमूल गाउँपालिकामा १३ परिवार बिस्थापित हुनुका साथै दर्जनौ घर जोखिममा परेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । हिमाली गाउँपालिका–३ युनामा शुक्रबार घरमाथिबाट आएको पहिरोमा परी दीपलाल बुढाको घर पूर्णरुपमा क्षतिग्रस्त भएको […]
सुनसरी । वर्षात रोकिएसँगै सुनसरीको अबस्था सामान्य भएको छ । बाढिका कारण भएका बस्तीको पानी निकास र सुक्न थालेपछी सुनसरीको डुबान क्षेत्रको अबस्था सामान्य भएको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादबले बताउनुभयो । सुनसरीमा बाढिका कारण एक हजार घरपरिवार डुबानमा परेका थिए भने तीन सय घर परिवार बिस्थापित भएका थिए । बर्षात रोकिएसँगै बिस्थापित परिवारलाई […]
बैतडी : लगातारको वर्षापछि आएको बाढीपहिरोका कारण बैतडीको दोगडाकेदार गाउँपालिकाका बिभिन्न ठाउँमा क्षति पुर्याएको छ।वडा नम्बर १ रिमको खोलीमा पहिरो जाँदा एक परिवार बिस्थापित भएको छ। आइतबार बिहान घर माथिबाट पहिरो खस्दा स्थानीय मदन जोशीको परिवार बिस्थापित भएको हो।बिहान ३ बजेतिर घरमाथिको भिरालो जमिनबाट एक्कासी पहिरो खस्दा घरमा पूर्णरुपमा क्षति भएको छ। पहिरोले खाद्यन्न लगायत अधिकांश सामग्रीहरु पहिरोमै पुरिएको स्थानीय शान्ति प्रसाद जोशीले जानकारी दिए।स्थानीयको सहयोगमा गाईबस्तु अन्यन्त्र सारिएको छ। स
ताप्लेजुङ / ताप्लेजुङको दोभान बजारमा एका बिहानै आगलागी भएको छ। मेरिङ्देन गाउँपालिका र आठराइ त्रिबेणी गाउँपालिकाको संगम क्षेत्र दोभान बजारमा बिहान ९ बजे बाट सुरु भएको आगलागी नियन्त्रणमा आएकाे छ । आगाेलागीका कारण ४९ ओटा घर जलेर पुर्ण रुपमा नस्ट हुदा ५५ परिवार बिस्थापित भएका छन | दोभान बजार ताप्लेजुङ सदरमुकाम फुङ्लिङपछिको दोस्रो ठूलो र...
The post आगलागी पश्चातकाे दोभान बजार , ४९ घर जलेर नष्ट ( १० तस्विरहरू) appeared first on Purbeli News.
असार १ गतेदेखि साउन पहिलो सातासम्मको अवधिमा ताप्लेजुङमा बाढी र पहिरोका कारण साढे ८६ लाख बढी मूल्य बराबरको धनमाल नष्ट भएको छ । बाढी र पहिरोमा परी अझै २ जना बेपत्ता छन् भने १२ घर परिवार बिस्थापित भएका छन् ।
पहिरोका कारण खोटाङको जन्तेढुंगा गाउँपालिका–२ बोपुङका मणीकुमार राईको परिवार विस्थापित भएका छन् । साउन ३ र ४ गतेको अविरल वर्षाका कारण घरको पेटीबाट पहिरो गएपछि राईका ६ जनाको परिवार विस्थापित भएका हुन् । पेटीबाटै पहिरो गएपछि राई परिवारलाई सिंहदेबी माबिको कोठामा सारिएको बोपुङका वडाध्यक्ष गणेश बिष्टले बताए ।
६ साउन, विराटनगर । बाक्राहा खोलाले बाँध कटान गरेपछि मोरङको सुनवर्षी नगरपालिका–७ मा ४ परिवार बिस्थापित भएका छन् । १५० परिवार उच्च जोखिममा परेका छन् ।
अबिरल वर्षासँगै आएको बाढीले चैता र मल्धैयाको बीचबाट १५ मिटर …
२८ असार, विराटनगर । अविरल वर्षासँगै केसलिया खोलामा आएको बाढीका कारण विराटनगर- १२ बखरीका ३० परिवार बिस्थापित भएका हुन् ।
वडाध्यक्ष हिरालाल कामतका अनुसार बखरी टोलमा पर्ने मुसहरी बस्तीमा केसलियाको पानी पसेपछि ३० परिवार विस्थापित भएका …
अज्ञात समूहले घरमा आगजनी गरेपछि खोटाङमा एक परिवार विचल्लीमा परेको छ। कोही नभएकोबेला रातका समयमा भएको आगजनीमा घर जलेपछि रावाबेँसी गाउँपालिका–६ हौंचुर गिद्धेका डाकमान बिकको परिवार बिस्थापित भएको हो।